Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनहिम सम्झौताको प्रस्तुतीमा नन्दराम परियारको तिहार विशेष गित आयो तिहार भाग ६

हिम सम्झौताको प्रस्तुतीमा नन्दराम परियारको तिहार विशेष गित आयो तिहार भाग ६


दाङ्ग, हिम सम्झौता डिजिटल प्रालिका प्रबन्ध निर्देशक तथा कलाकार नन्दराम परियारले हरेक साल झैँ यो बर्ष पनि तिहार विशेष गित लिएर श्रोता र दर्शक माझ आएका छन् ।

फरक फरक शैलीका गित संगीत बजारमा ल्याएर श्रोताको मन जित्न सफल कलाकार परियारले यो बर्षको तिहारमा श्रोताका लागि आयो तिहार भाग ६ नामक गीति एल्बम बजारमा ल्याएका छन् । बिषेस गरेर यो गीतमा तिहारको परिवेशलाई समेटिन खोजिएको कलाकार परियारले बताए ।

परियारको शब्दमा तयार पारिएको गीतमा तिहारमा खेलिने देउसी र भैलोलाई चित्रण गरिएको छ । यो गीतमा सुमधुर स्वरका धनी खुमन अधिकारी र समिक्षा अधिकारीको आवाज रहेको छ । गीतमा कलाकार परियारको शब्द र बिष्णु न्यौपानेको संगीत रहेको छ । यो तिहार गीतमा चर्चित मोडल ध्रुव हिमाली र सुप्रिया कटुवाल, जीत सारु, र सर्मिला अधिकारीको नृत्य तथा अभिनय रहेको छ ।

गीतलाई हिम सम्झौता डिजिटलको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको कलाकार तथा प्रबन्ध निर्देशक नन्दराम परियारले जानकारी दिए ।


क्याटेगोरी : मनाेरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस