Techie IT
×
गृहपृष्ठमनाेरञ्जनकांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता

कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता


कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

महामन्त्री थापाको प्रस्तावकमा डा। शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन् भने सभापति देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् ।

भोलि बिहान ८ देखि १० बजेसम्मका लागि संसदीय दलको निर्वाचन तय गरिको छ ।

आफैँ प्रधानमन्त्री बन्न लबिङ थालेका रामचन्द्र बने देउवाको प्रस्तावक
आफैँ प्रधानमन्त्री बन्न पार्टीभित्र तथा बाहिर लबिङ थालेका कांग्रेस नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउन प्रस्तावक बसेका छन् । नेता पौडेलले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका गठबन्धनका शीर्ष नेताहरूलाई भेटेर आफूलाई प्रधानमन्त्रीमा सघाउन अनुरोध गरेका थिए ।

मंगलबार कांग्रेस संसदीय दलको नेता बन्न सभापति देउवालाई प्रस्ताव गरेका हुन् भने कांग्रेस पूर्वउपसभापति पूर्णबहादुर खड्का देउवाको समर्थक बसेका छन् । संसदीय दलको नेता बन्न कांग्रेस संस्थापनइतरका गगन थापाले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस महामन्त्री समेत रहेका थापालाई डा। शेखर कोइरालाले प्रस्तावक बनेर साथ दिएका छन् भने समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा तथा कृष्णप्रसाद सिटौला पक्षका प्रदीप पौडेल रहेका छन् ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदै छ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।

गगनजीले सभापति देउवालाई समर्थन गर्नुपर्छ स् प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीभित्र संसदीय दलको नेतामा सबैले सभापति शेरबहादुर देउवाको पक्षमा एकमत हुनुपर्ने बताएका छन् ।

कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारसँग बोल्दै प्रवक्ता सिंहले पाँच दलीय गठबन्धनलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको उनले बताए ।

संसदको रक्षा गर्दै गठबन्धनको नेतृत्व गरेर देउवाले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै प्रवक्ता महतले पुनस् गठबन्धनको गतिशीलता र मुलुकको समृद्धिका लागि देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताए ।

उनले आगामी प्रधानमन्त्रीबारे पनि दलहरू चाँडै निर्णय हुने बताएका छन्। ‘हामी गठबन्धनमा छौँ । अलग अलग पार्टी छन् । सबैलाई सत्ताको नेतृत्वमा पुगुम् भन्ने इच्छा हुन्छ’, उनले भने ।

उनले आगामी १० गतेसम्म प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाउने बताए । महतले अहिले देशलाई जोड्ने नेतृत्व चाहिएकाले देउवा नै दलमा आउने बताए ।

कांग्रेसका प्रभावशाली युवा नेताहरूको साथ गगन थापालाई

संसदीय दलको नेताको लागि उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको समेत समर्थन देखिएको छ । संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका छन् ।

कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालसमेतले थापालाई साथ दिएका छन् । जसमा मिनेन्द्र सांसद भने होइनन् । तर, उनीनिकट सांसदहरूसँग गगनको पक्षमा मत मागिरहेका छन् ।

कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ । यद्यपि, संसदीय दलमा सभापति देउवाको बहुमत रहेको आकलन छ ।


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking, #गगन थापा

तपाईको प्रतिक्रिया दिनुहोस