Techie IT
×
गृहपृष्ठमनाेरञ्जन‘के घर के डेरा’ को पोष्टरमा विपिनको ‘फस्टलुक’ सार्वजनिक

‘के घर के डेरा’ को पोष्टरमा विपिनको ‘फस्टलुक’ सार्वजनिक


दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘के घर के डेरा’ ४ कात्तिकमा रिलिज हुँदै छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले ‘फस्टलुक’ सार्वजनिक गरेको छ । फिल्मको केही पोष्टर फष्टलुकको रुपमा सार्वजनिक भएको हो ।

सार्वजनिक पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रवीन्द्र झा देखिएका छन् । सार्वजनिक तीन पोष्टर मध्य एकमा विपिनलाई चुरोटको बट्टाबाट काजु झिकेर खाँदै गरेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा टाई–कोट र कालो चस्मामा सजिएका दयाहाङले आकाशमा हेरेका छन् ।

त्यस्तै तेस्रोमा वर्षालाई खुसी बनाउन विपिनले लालपुर्जा देखाएको देख्न सकिन्छ । सुरक्षा र रवीन्द्र पनि हर्षित मुद्रामा पोष्टरमा अटाएका छन् ।

महेश दवाडीको पटकथारसंवाद रहेको फिल्ममा लक्ष्मी गिरी, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षेत्री बालकलाकार आयुशी ढकालको अभिनय छ ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #विपिन कार्की

तपाईको प्रतिक्रिया दिनुहोस