गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ विवाह र फिल्मको सकसमा सौगात विवाह र फिल्मको सकसमा सौगात दीप संञ्चार साउन २४, २०७९ गते १९:०२ मा प्रकाशित अभिनेता सौगात मल्लको पछिल्लो समय व्यस्तता चुलिएको छ ।त्यसैले आउँदो वैशाखसम्मका नयाँ फिल्म साइन नगर्ने मुडमा छन् उनी । भदौ, असोज र कात्र्तिक यी तीन महिना फिल्मलाई दिएर त्यसपछि प्रेमिका सृष्टि श्रेष्ठसँग लगन गाँठो कस्ने सोच उनको छ ।साउन लागे देखिनै उनी फिल्मको प्रमोसनमा ब्यस्त छन् । भदौ महिनामा मात्रै उनका दुई फिल्म प्रदर्शनमा आउँदैछ । फिल्म हुन् ‘द सिक्रेट्स अफ राधा’ तथा ‘माइकल अधिकारी’ । यो मध्य एक फिल्म ‘द सिक्रेट्स अफ राधा’ का उनी निर्माता समेत हुन् । दुवैका लागि उनले जसोतसो समय मिलाउँदै आएका छन् ।भदौको उनको व्यस्तता कात्र्तिकमा पनि देखिने भएको छ । यो महिनाको अन्त्यमा प्रदर्शनमा आउने भनिएको फिल्म ‘लाखे’ कार्तिक मै लागि सरेको छ । कात्र्तिक मै उनी अभिनित अर्को फिल्म ‘दुई नम्बरी’ले पनि प्रदर्शन मिति तय गरेको छ । यसको प्रमोसनको लागि पनि उनले प्रशस्तै समय छुट्याउनु पर्नेछ ।कात्र्तिकसम्म फिल्मको कामले ब्यस्त रहदा मंसिरमा हुन लागेको विवाहका लागि कसरी समय मिलाउने सौगातलाई यो सकसको बिषय भने पक्कै हो । यो सकसमा पनि उनलाई सृष्टिको साथ छ । किनभने उनको अहिले प्रदर्शनमा आउन लागेको फिल्म मध्य दुईमा सृष्टिको पनि अभिनय छ ।लामो समययता चलेको प्रेम सम्बन्धलाई मंसिरमा विवाहमा परिणत गर्ने भनेर उनीहरुले पटक पटक भनिसकेका छन् । उनी र सृष्टि लामो सयदेखि लिभिङ टुगेदरमा रहेको बाहिर नलुकेको बिषय हो । पारिवारिक सहमतिमा उनीहरुले यो मंसिरमा विवाह गर्ने निर्णय गरेका हुन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #सौगात मल्ल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप