Techie IT
×
गृहपृष्ठमनाेरञ्जनविवाह र फिल्मको सकसमा सौगात

विवाह र फिल्मको सकसमा सौगात


अभिनेता सौगात मल्लको पछिल्लो समय व्यस्तता चुलिएको छ ।

त्यसैले आउँदो वैशाखसम्मका नयाँ फिल्म साइन नगर्ने मुडमा छन् उनी । भदौ, असोज र कात्र्तिक यी तीन महिना फिल्मलाई दिएर त्यसपछि प्रेमिका सृष्‍टि श्रेष्ठसँग लगन गाँठो कस्ने सोच उनको छ ।

साउन लागे देखिनै उनी फिल्मको प्रमोसनमा ब्यस्त छन् । भदौ महिनामा मात्रै उनका दुई फिल्म प्रदर्शनमा आउँदैछ । फिल्म हुन् ‘द सिक्रेट्स अफ राधा’ तथा ‘माइकल अधिकारी’ । यो मध्य एक फिल्म ‘द सिक्रेट्स अफ राधा’ का उनी निर्माता समेत हुन् । दुवैका लागि उनले जसोतसो समय मिलाउँदै आएका छन् ।

भदौको उनको व्यस्तता कात्र्तिकमा पनि देखिने भएको छ । यो महिनाको अन्त्यमा प्रदर्शनमा आउने भनिएको फिल्म ‘लाखे’ कार्तिक मै लागि सरेको छ । कात्र्तिक मै उनी अभिनित अर्को फिल्म ‘दुई नम्बरी’ले पनि प्रदर्शन मिति तय गरेको छ । यसको प्रमोसनको लागि पनि उनले प्रशस्तै समय छुट्याउनु पर्नेछ ।

कात्र्तिकसम्म फिल्मको कामले ब्यस्त रहदा मंसिरमा हुन लागेको विवाहका लागि कसरी समय मिलाउने सौगातलाई यो सकसको बिषय भने पक्कै हो । यो सकसमा पनि उनलाई सृष्‍टिको साथ छ । किनभने उनको अहिले प्रदर्शनमा आउन लागेको फिल्म मध्य दुईमा सृष्‍टिको पनि अभिनय छ ।

लामो समययता चलेको प्रेम सम्बन्धलाई मंसिरमा विवाहमा परिणत गर्ने भनेर उनीहरुले पटक पटक भनिसकेका छन् । उनी र सृष्‍टि लामो सयदेखि लिभिङ टुगेदरमा रहेको बाहिर नलुकेको बिषय हो । पारिवारिक सहमतिमा उनीहरुले यो मंसिरमा विवाह गर्ने निर्णय गरेका हुन् ।


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #सौगात मल्ल

तपाईको प्रतिक्रिया दिनुहोस