Techie IT
×
गृहपृष्ठमनाेरञ्जनगुना मगर र गोबिन गुरुङको तीज गीत ‘बर्खे झरिमाझ’को शुटिङ दोहामा सम्पन्न

गुना मगर र गोबिन गुरुङको तीज गीत ‘बर्खे झरिमाझ’को शुटिङ दोहामा सम्पन्न


पछिल्लो समयमा नेपाली महिला दिदीबहिनीको महान पर्व मानिने हरितालिका तिजको अबसर पारेर विभिन्न किसिमको तिज विशेष गित सङ्गीतहरु बजारमा आइरहेका छन ।सोही अबसर पारेर परदेशी भुमिमा पनि केही गितसङ्गीत प्रति झुकाब राख्ने कलाकारहरुले पनि यस्तै नेपाली चाडपर्व विशेष साङ्गीतिक कोसेलिहरु प्रस्तुत गर्दै आइरहेको हामीले बाक्लै देख्दै आएका छौ।

साङ्गीतिक बिषय हेर्दा सजिलो लागे पनि यसलाई बुझ्न भने धेरै कठिन छ,यति धेरै प्रतिस्पर्धाको बिचमा पनि परदेशी कलाकार अर्थात बिगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारलाई आफ्नो कर्मभुमी बनाउदै आएका हाम्रो सपना सङ्गीत परिवारका कलाकारद्वय गुना मगर निशु र गोबिन गुरुङले आवाज भरेको तिज बिशेषञबर्खे झरिमाझनामक गितको शुटिङ गत शुक्रवार सम्पन्न भएको छ।

बिपिन सप्लाङ्गी मगरको शब्द सङ्गीतमा गुना मगर निशु र गोबिन गुरुङले सुमधुर आवाज भरेको उक्त गितमा तमु समाज कतारको सहयोग र समाजकै कलाकारहरुले भिडियोमा साथ दिएका छन।भिमप्रसाद गुरुङले निर्देशन गरेको भिडियो छायांकन भने राजेन्द्र श्रेष्ठले गरेका छन ।

शुटिङ दोहाको मन्सुरा स्थित एउटा हलमा गरिए पनि विभिन्न संघ सस्थाको प्रतिनिधिहरु सहित दर्शकहरुको बाक्लो उपस्थिती थियो साथै गितको भिडियो छिट्टै हेर्न पाईने सम्बन्धित टिमले जानकारी गराउदै प्रत्यक्ष अप्रत्यक्ष रुपमा गितसङ्ग जोडिनुभएको सम्पुर्णलाई आभार व्यक्त गरेका छन ।


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #तीज गीत

तपाईको प्रतिक्रिया दिनुहोस