Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठकला/साहित्यडिपि र सदु द्वयको ‘मेरी सानी’ सार्वजनिक

डिपि र सदु द्वयको ‘मेरी सानी’ सार्वजनिक


काठमाडौँ । गायक रविन लिम्बुको सुमधुर स्वरमा सजिएको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतलाई  डि.पी खनाल र सदु खनालले सयुक्त रुपमा लेखेका हुन्।

गीतमा शंकर थापा ‘स्माइल’ संगीत रहेको छ भने विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

सहरमा भएको  प्रेमी र गाउँमा भएकी प्रेमिकाबीचको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा नायक आर्यन सिग्देल र रुबीना थापा फिचर्ड छन्।

सुरेश पाण्डेले कोरियोग्राफी गरेको भिडियोलाई हिमाल श्रेष्ठले छायाँकन गरेका हुन्।

अर्जुन जिसीले सम्पादन गरेको भिडियोलाई सौरभ लामाको निर्देशनमा तयार पारिएको हो।

भिडियो ‘डश म्युजिक’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।




क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस