गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित) ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित) दीप संञ्चार वैशाख २६, २०७९ गते १८:५९ मा प्रकाशित अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’ छिट्टै रिलिज हुँदैछ । वर्ष २०२२ को प्रतीक्षित फिल्म मध्येको एक ‘पृथ्वीराज’ मा अक्षय कुमारको अलवा पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका छ । फिल्मको फष्टलुक सार्वजनिक भएपछि दर्शकमा कथाको विषयमा कौतुहल थियो । फिल्म सम्राट पृथ्वीराज चौहानको जीवन र प्रेमको विषयमा बनेकोले पनि सो कौतुहलता जागेको हो ।हालै मिडियासँगको एक कुराकानीमा अक्षय कुमारले फिल्मको कथा सुन्ने बितिकै फिल्म अभिनयका लागि आफू राजी भएको बताएका छन् । ‘फिल्ममा इतिहास र देशभक्ती दुबै समेटिएको छ । साथसाथै प्रेम कहानी पनि छ । जुन सायदै तपाईँहरुले देख्न पाउनु हुन्छ,’ अक्षय कुमारले भनेका थिए ।फिल्मको ट्रेलर आज सोमबार सार्वजनिक भएको छ । जसमा सम्राट पृथ्वीराज चौहान र राजकुमारी उपयोगिताको प्रेम कहानीमा फिल्म बनेको अनुमान गर्न सकिन्छ । फिल्ममा अक्षय कुमार, मानुषी छिल्लरको अलवा सोनु सुदको पनि मुख्य भूमिका छ । ११९१ देखि ११९२ मा पृथ्वीराज चौहान र मोहम्मद गौरीको बीचमा भएको ताइनको युद्धका झलक समेत समेटिएका छन् ।अक्षय कुमार र मानुषीको अलवा ट्रेलरमा सोनु सुद पनि देखिएका छन् । फिल्ममा आशुतोष राणा जयनन्द र मानव विज मोहम्मद गौरीको भूमिकामा छन् । यी को अलवा फिल्ममा साक्षी तन्वर, ललति तिवारीको पनि मुख्य भुमिका छ ।फिल्म डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन् ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप