Techie IT
×
गृहपृष्ठमनाेरञ्जन‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)


अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’ छिट्टै रिलिज हुँदैछ । वर्ष २०२२ को प्रतीक्षित फिल्म मध्येको एक ‘पृथ्वीराज’ मा अक्षय कुमारको अलवा पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका छ । फिल्मको फष्टलुक सार्वजनिक भएपछि दर्शकमा कथाको विषयमा कौतुहल थियो । फिल्म सम्राट पृथ्वीराज चौहानको जीवन र प्रेमको विषयमा बनेकोले पनि सो कौतुहलता जागेको हो ।

हालै मिडियासँगको एक कुराकानीमा अक्षय कुमारले फिल्मको कथा सुन्ने बितिकै फिल्म अभिनयका लागि आफू राजी भएको बताएका छन् । ‘फिल्ममा इतिहास र देशभक्ती दुबै समेटिएको छ । साथसाथै प्रेम कहानी पनि छ । जुन सायदै तपाईँहरुले देख्न पाउनु हुन्छ,’ अक्षय कुमारले भनेका थिए ।

फिल्मको ट्रेलर आज सोमबार सार्वजनिक भएको छ । जसमा सम्राट पृथ्वीराज चौहान र राजकुमारी उपयोगिताको प्रेम कहानीमा फिल्म बनेको अनुमान गर्न सकिन्छ । फिल्ममा अक्षय कुमार, मानुषी छिल्लरको अलवा सोनु सुदको पनि मुख्य भूमिका छ । ११९१ देखि ११९२ मा पृथ्वीराज चौहान र मोहम्मद गौरीको बीचमा भएको ताइनको युद्धका झलक समेत समेटिएका छन् ।

अक्षय कुमार र मानुषीको अलवा ट्रेलरमा सोनु सुद पनि देखिएका छन् । फिल्ममा आशुतोष राणा जयनन्द र मानव विज मोहम्मद गौरीको भूमिकामा छन् । यी को अलवा फिल्ममा साक्षी तन्वर, ललति तिवारीको पनि मुख्य भुमिका छ ।
फिल्म डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन् ।


क्याटेगोरी : मनाेरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस