गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित) ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित) दीप संञ्चार वैशाख २६, २०७९ गते १८:५९ मा प्रकाशित अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘पृथ्वीराज’ छिट्टै रिलिज हुँदैछ । वर्ष २०२२ को प्रतीक्षित फिल्म मध्येको एक ‘पृथ्वीराज’ मा अक्षय कुमारको अलवा पूर्वमिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका छ । फिल्मको फष्टलुक सार्वजनिक भएपछि दर्शकमा कथाको विषयमा कौतुहल थियो । फिल्म सम्राट पृथ्वीराज चौहानको जीवन र प्रेमको विषयमा बनेकोले पनि सो कौतुहलता जागेको हो ।हालै मिडियासँगको एक कुराकानीमा अक्षय कुमारले फिल्मको कथा सुन्ने बितिकै फिल्म अभिनयका लागि आफू राजी भएको बताएका छन् । ‘फिल्ममा इतिहास र देशभक्ती दुबै समेटिएको छ । साथसाथै प्रेम कहानी पनि छ । जुन सायदै तपाईँहरुले देख्न पाउनु हुन्छ,’ अक्षय कुमारले भनेका थिए ।फिल्मको ट्रेलर आज सोमबार सार्वजनिक भएको छ । जसमा सम्राट पृथ्वीराज चौहान र राजकुमारी उपयोगिताको प्रेम कहानीमा फिल्म बनेको अनुमान गर्न सकिन्छ । फिल्ममा अक्षय कुमार, मानुषी छिल्लरको अलवा सोनु सुदको पनि मुख्य भूमिका छ । ११९१ देखि ११९२ मा पृथ्वीराज चौहान र मोहम्मद गौरीको बीचमा भएको ताइनको युद्धका झलक समेत समेटिएका छन् ।अक्षय कुमार र मानुषीको अलवा ट्रेलरमा सोनु सुद पनि देखिएका छन् । फिल्ममा आशुतोष राणा जयनन्द र मानव विज मोहम्मद गौरीको भूमिकामा छन् । यी को अलवा फिल्ममा साक्षी तन्वर, ललति तिवारीको पनि मुख्य भुमिका छ ।फिल्म डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन् ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट