गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ बाहुबलीलाई उछिन्यो केजीएफ-२ ले ! बाहुबलीलाई उछिन्यो केजीएफ-२ ले ! दीप संञ्चार वैशाख ८, २०७९ गते ९:४८ मा प्रकाशित साउथका सुपरस्टार यश आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘केजीएफ(२’ ले एकपछि अर्को रेकर्ड तोड्दैछ । मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै १०० करोडको बजेटमा बनेको ‘केजीएफ-२’ ले ६ दिनमा अहिलेसम्म ६७६.८० करोड रुपैयाँको ग्रस वर्ल्ड वाइड बक्स अफिस कलेक्सन गरेको बताएका छन् । योसँगै (केजीएफ-२-प्रभासको (बाहुबली-१) को ६ दिनमा लाइफटाइम ग्रोस (रु. ६५० करोड) व्यापारलाई पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने आठौँ भारतीय फिल्म बनेको छ। मनोबाला विजयबलनले भनेका छन् ‘केजीएफ–२’ ले छैटौं दिन अर्थात मंगलबार ५१.६८ करोडको ग्रस वर्ल्ड वाइड व्यापार गरेको छ । यसअघि फिल्मले विश्वभर ७३.२९ करोड, चौथो दिन (आइतबार) १३२.१३ करोड, तेस्रो दिन (शनिबार) ११५.०८ करोड, दोस्रो दिन (शुक्रबार) १३९.२५ करोड र पहिलो दिन (बिहीबार) १६५.३७ करोडको व्यापार गरेको थियो ।‘केजीएफ–२’ को हिन्दी संस्करणले ६ दिनमा २३८ करोड कमाएको छ । तरण आदर्शले पोस्ट सेयर गर्दै ‘केजीएफ–२’ को हिन्दी संस्करणले ६ दिनमा मात्रै भारतमा २३८।७० करोडको व्यापार गरेको बताए । तरणका अनुसार सातौं दिन अर्थात बुधबार फिल्मले ‘बाहुबली २’ ले २ सय ५० करोडभन्दा बढीको व्यापार गरेर पहिलो हप्ताको कमाईको रेकर्ड तोड्ने छ । योसँगै ‘केजीएफ–२’ २५० करोडको आँकडा पार गर्ने पहिलो हिन्दी फिल्म पनि बन्नेछ ।‘केजीएफ–२’ को हिन्दी संस्करणले छैटौं दिन भारतमा १९।१४ करोडको व्यापार गरेको तरणले बताए । यसअघि फिल्मको हिन्दी संस्करणले पाँचौं दिन २५.५७ करोड, चौथो दिन ५०.३५ करोड, तेस्रो दिन ४२.९० करोड, दोस्रो दिन ४६.७९ करोड र पहिलो दिन ५३.९५ करोड कमाएको थियो ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #केजीएफ–२ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)केकीले सार्वजनिक गरिन् बिहेका तस्बिर‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनीनयाँ इतिहास रच्यो केजीएफ–२ ले धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी युक्रेन संकटको समाधान कूटनीतिक माध्यमबाट मात्र सम्भव स्थापित र सिर्जना प्रतिस्पर्धामा रहँदा बालेन्द्र कति मतान्तरले अघि ? मानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा हो सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु