Techie IT
×
गृहपृष्ठमनाेरञ्जनट्रोल भएकी करिश्माले फर्काइन् यस्तो जवाफ : ‘मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई भिटामिन डी प्राप्त भयो’

ट्रोल भएकी करिश्माले फर्काइन् यस्तो जवाफ : ‘मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई भिटामिन डी प्राप्त भयो’


अभिनेत्री करिश्मा मानन्धर हालसालै एमालेमा प्रवेश गरेकिछिन् । चुनावको मुखैमा पार्टी प्रवेश गरेकी मानन्धर पार्टीको गतिविधिमा सरिक हुन थालेकिछिन् । सोहि क्रममा चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्दै करिश्माले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताएकी थिइन् ।

उनले दिएको यो अभिव्यक्तिले राम्रै चर्चा बटुल्यो । राजनीतिक वृत्तदेखि फिल्म नगरीसम्म करिश्माको कपिलवस्तु कथनलाई लिएर गसिप बने । कतिपयले उनको यो भनाइलाई लिएर व्यंग्य समेत गरे ।

अहिले करिश्माले आफूविरुद्ध भएका कटाक्षबारे टिप्पणी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking, #करिश्मा मानन्धर

तपाईको प्रतिक्रिया दिनुहोस