गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि… प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि… दीप संञ्चार असोज ६, २०७८ गते २१:०९ मा प्रकाशित काठमाडौँ –मंगलबार अभिनेता तथा गायक प्रशान्त तामाङको मृत्युको हल्ला सामाजिक सञ्जालमा फैलियो। विशेषगरी दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायतका क्षेत्रमा यो अफवाह तीव्र गतिमा फैलियो।प्रशान्तको मृत्युको हल्लाले उनका प्रशंसकलाई दुःखी तुल्यायो। हल्ला निकै फैलिएपछि प्रशान्त र उनकी पत्नी मार्था तामाङले यसबारे टिप्पणी गर्दै अवस्थाबारे जानकारी गराएका छन्। उनकी पत्नी मार्थाले मृत्यु हल्लाको खण्डन गर्दै आफ्नो श्रीमान जीवित र स्वस्थ रहेको कुरा बताएकी छिन्।‘सामाजिक संजालमा फेक न्यूज फैलिएपछि म यो लेख्न बाध्य छु। मेरो श्रीमान भगवानको आशिर्वादले जीवित र स्वस्थ हुनुहुन्छ। मेरो परिवार, आफन्त र साथीभाइले फोन र म्यासेज गरेर चासो दिनुभएको छ । चासो र मायाप्रति धन्यवाद,’ उनले लेखेकी छिन्।त्यस्तै, आफ्नै मृत्युको हल्ला फैलिएपछि प्रशान्तले पनि यसबारे प्रतिक्रिया दिएका छन्। ‘मेरो आयु अझै लामो होस् भनी शुभकामना दिनुभएकोमा हजुरलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले लेखेका छन्।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)केकीले सार्वजनिक गरिन् बिहेका तस्बिरबाहुबलीलाई उछिन्यो केजीएफ-२ ले !‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !