गृहपृष्ठ ∕ समाचार ∕ गढवामा २९ लाखको लागतमा सामुदायीक स्रोत केन्द्र भवन निर्माण गढवामा २९ लाखको लागतमा सामुदायीक स्रोत केन्द्र भवन निर्माण प्रिया स्मृती गजमेर चैत्र १०, २०७७ गते १७:५० मा प्रकाशित दाङ्ग – दक्षिण देउखुरी अधिकार मञ्च गढवाले सामुदायीक स्रोत केन्द्र भवन निर्माण गरेको छ ।समाजसेवी लेखबहादुर थापा र द्रोणप्रसाद आचार्यले निःशुल्क उपलब्ध गराएको एक कट्ठा जग्गामा झण्डै २९ लाखको लागतमा सामुदायीक स्रोत केन्द्र भवन निर्माण भएको हो । विकास कोष नर्वेबाट सहकर्मी समाज मार्फत १० लाख १० हजार, गढवा गाउँपालिकाको १० लाख, संस्थाको ८ लाख ७ हजार रुपैयाँ गरी जम्मा २ लाख ९७ हजार रुपैयाँको लागतमा स्रोत केन्द्रको भवन निर्माण भएको छ ।सोमवार गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भवन संगै दक्षिण देउखुरी अधिकार मञ्चको छैठौं बाषिएक साधारण सभाको उद्घाटन गरेका हुन् । संस्थाका अध्यक्ष देवराज कुवरको अध्यक्षतामा भएको कार्यक्रममा जग्गा दाता लेखबहादुर थापा, द्रोणप्रसाद आचार्य, सहकर्मी समाजका कार्यकारी प्रमुख अमर बहादुर ऐर, जिल्ला कार्यक्रम संयोजक पुनाराम पन्थि, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, विकास कोष नर्वे लगायतलाई सम्मान गरिएको छ ।कार्यक्रममा संस्थाका सचिव शोभा रावतले प्रगती र लेखा तथा प्रशासन सहायक पुजा चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, सहकर्मी समाजका कार्यकारी प्रमुख अमर बहादुर ऐर, गढवा बहुमुखी क्याम्पसका देवराज पाठक, गढवा गाउँपालिका वडा नं. ५ का वडा सदस्य गोविन्द वली, पत्रकार दशरथ घिमिरे, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सहदेव यादव, चेतनशिल महिला विकास केन्द्रका अध्यक्ष शकुन्तला डिसी, दिनमणी आचार्य, अञ्जिता चौधरी लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए । रामप्रताप यादवको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिवकुमार चौधरीले गरेका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप