गृहपृष्ठ ∕ समाचार ∕ सरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन थापा सरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन थापा रासस माघ ३०, २०७७ गते २०:४४ मा प्रकाशित विराटनगर — नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनताको मतको अपमान गरेको बताए।नेपाली काङ्ग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज यहाँ आयोजित वर्तमान राजनीतिक अवस्था संवैधानिक सङ्कट यसको निकास र आजको अवस्था विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पाँच वर्ष सरकार चलाउन जनमत पाएका पार्टीको सरकारले सनकको भरमा संसद विघटन गरेको आरोप लगाए ।उनले संसद विघटन भएको मुद्दालाई नेपाली काङ्ग्रेसले असंवैधानिक भनिसकेकोले संविधानको रक्षा एवं प्राण बचाउन सर्वोच्च अदालतप्रति विश्वास छ भने।केन्द्रीय सदस्य थापाले संविधानको चिर हरण भएमा नेपाली काङ्ग्रेसले ठेकान लगाउने भन्दै सर्वोच्च अदालतले कसैको गर्जनमा प्रभावित बन्न नहुने तर्क गरे ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान विपरित हुने कुनै पनि कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने भन्दै सरकारको पछिल्लो कदम सच्चिनु पर्ने विचार व्यक्त गरे ।नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधिविहीन अवस्थालाई अन्त्य गर्न सर्वोच्च अदालतले संविधानको रक्षा गर्नु पर्ने कुरामा जोड दिए।संविधान विद् डा विपीन अधिकारीले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गर्दै प्रजातन्त्र र संविधानको मूल्यमान्यतालाई सर्वोच्च अदालतले रक्षा गर्नु पर्ने बताए।कार्यक्रममा संविधान सभा सदस्य डिकबहादुर लिम्बू र नेपाली काङ्ग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरापलिका प्रमुख भीम पराजुलीले वर्तमान अवस्थाबाट पार पाउन नेपाली काङ्ग्रेले समयमै सही निर्णय लिनु पर्ने धारणा राखेका थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै