गृहपृष्ठ ∕ आर्थिक ∕ लमहीमा खुल्यो ग्लोवल आइएमई बैंकको शाखा लमहीमा खुल्यो ग्लोवल आइएमई बैंकको शाखा प्रिया स्मृती गजमेर माघ २३, २०७७ गते २१:२७ मा प्रकाशित दाङ—लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को लमहीमा पहिलो पटक ग्लोवल आइएमई बैंकको शाखा स्थापना गरिएको छ ।नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकको उद्घाटन गरे । सम्बोधनको क्रममा उनले उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको ग्लोबल आइएमई बैंक भएको बताए । उनले स्थानीय स्तरबाट संकलन हुने रकमनै स्थानीय स्तरको आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी केन्द्रित गरिने प्रतिबद्धता व्यक्त गरे ।यो क्षेत्रको आर्थिक विकास र सम्भावीत पूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापना भएको हो उनले भने । स्वरोजगार व्यवसाय देखि कर्पाेरेट विकासमा लगानी लगाएका छौं । बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकको ७५ जिल्लामा सेवा पुगेको र २६५ बढी शाखा रहेको बताए ।बैंकको चुक्ता पुजी २२ अर्व, निक्षेप २ खर्ब ५० अर्ब बढी रहेको छ । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष बिनोद कुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।शाखा प्रवन्धक प्रदिप गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन डिल्लीराज भुसालले गरेका थिए ।क्याटेगोरी : आर्थिक, ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप