गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिमसार दिवसमा वृक्षारोपण र सरसफाई सिमसार दिवसमा वृक्षारोपण र सरसफाई प्रिया स्मृती गजमेर माघ २०, २०७७ गते २०:२६ मा प्रकाशित दाङ्ग – डिभिजन बन कार्यालय देउखुरीले मंगलवार लमही नगरपालिका ३ जखेरा ताल परिसरमा बिश्व सिमसार दिवसका अवशरमा बृक्षारोपण र सरसफाई गरि मनाएको छ ।‘पानी र सिमसार मानिसको जिउने आधार’ भन्ने मुख्य नारा सहित डिभिजन बन कार्यालय देउखुरीले कार्यक्रम मनाएको हो । कार्यालयका निमित्त प्रमुख प्रेमिलाल प्रसाद साहको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यता एबम नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह र सामुदायिक बन उपभोक्ता महासंघ देउखुरी क्षेत्रका क्षेत्रिय अध्यक्ष हरि भुसालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।सिमसार क्षेत्र परिसर नजिकै बिभिन्न जातका बिरुवा लगाईनुका साथै सर सफाई पनि गरिएको थियो । सो अबसरमा बोलने बक्ताहरुले वन बन्यजन्तुको संरक्षण जलचर प्राणि सहित समग्र प्राणिको जिबन रक्षाको लागी सिमरास क्षेत्रको संरक्ष्ण र बिकाश हुन आबश्यक रहेको कुरामा जोडि दिएका छन् । कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले सिमसारको उचित संरक्षण र प्रवर्धन नहुँदा भएका सिमसारहरु मासिने खतरा रहेकोले त्यसको संरक्षणमा ध्यान दिन आबश्यक रहेको बताए ।त्यसैगरि सामुदायिक बन उपभोक्ता महासघका क्षेत्रिय अध्यक्ष हरि भुसालले बन बन्य जन्तु संरक्षण र प्रवर्धनको लागी सिमसारको खाँचो हुने भएकोले त्यसको संरक्षण र बिकाशमा लाग्न जरुरी रहेको बताए । त्यस्तै नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले प्राकृतिक ताल पोखरीहरु प्रतिदिन मासिदै र नासिदै जादा जलिए जैबिक बिबिधताहरुको लोप हुने खतरा बढेकोले त्यसको संरक्ष्णमा सबैले ध्यान दिन आबश्यक भएको बताईन।कार्यक्रममा जखेराताल धार्मिक तथा र्पयटकिय बिकास समितिका महासचिब लोकमणि बन्जाडे लगाएतले बोलेका थिए । कर्यक्रमको सचालन डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत राम गोपाल चौधरीले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप