गृहपृष्ठ ∕ समाचार ∕ तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत अंकित रावल पुस २५, २०७७ गते २०:४१ मा प्रकाशित दाङ–दाङको तुल्सीपुर स्थित तुल्सीपुर इन्जिनियरिङ कलेजले अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । देउखुरीमा अवस्थित जखेरा तालमा बनभोज कार्यक्रमको आयोजना गरी करिब ६० जना नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।कार्यक्रममा कलेजका सञ्चालक दिपेन्द्र वलीले सम्पुर्ण बिद्यार्थीहरुलाई स्वागत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत अमृत कँडेलले तुल्सीपुर इन्जिनियरिङको भबिष्यका योजनाहरुको सम्बन्धमा जनकारी गराएका थिए।कँडेलका अनुसार कलेजमा टेलिकम टेक्निसियन, इलेक्ट्रीसियन, कम्प्युटर अपरेटर लगायतका तह-२ प्राबिधिक बिषयहरुमा युवाहरूको आकर्षण छ। एसईई परीक्षामा डी प्लस ग्रेड भन्दा माथी ल्याउनेले सहजरूपमा पढ्न पाउने र पढाइ सकेपछी जागीर पाउन सहज हुने हुनाले यस बिषयमा बिद्यार्थीहरुको आकर्षण बढ्दो छ ।त्यस्तै सञ्चालक वलीले तुल्सीपुर इन्जिनियरिङ कलेजलाई बिश्वास गरेर आएका बिद्यार्थीहरुको भबिष्यलाई सुनिश्चित गर्न कलेजले अहोरात्र खट्नुका साथै प्रयोगात्मक शिक्षाको लागि सोही अनुरुपको वातावरण सिर्जना गर्ने प्रतिबद्धता समेत गरेका थिए। उनले कोर्षको २० प्रतिशत सैद्धान्तिकर ८०% प्रयोगात्मक कक्षाको ब्यबस्था मिलाइएको हुँदा विद्यार्थीलाई पढन र बुझ्न धेरै सहज हुनुका साथै सम्बन्धित बिषयको फिल्डमा महिनामा एक पटक अवलोकन गराइने हुनाले त्यसको उच्च प्रभावकारीता भएको जिकिर गरे ।“सीप,शिक्षा र रोजगारको लागि आजको आबश्यकता गुणस्तरीय प्राबिधिक शिक्षा” भन्ने मूल नाराका साथ स्थापना भएको यस इन्जिनियरिङ कलेजले स्थापना काल देखि नै देखि नै देशकै उत्कृष्ट नतिजा ल्याउदै आएको छ भने अहिलेको यो ब्याज कलेजको चौथो ब्याज हो।विभिन्न संघसंस्थामा आबद्ध ब्यक्ति , समाजसेवी तथा शिक्षाप्रेमी लगायत करीब ९० जनाको सहभागी रहेको उक्त कार्यक्रमको सहजीकरण ज्ञान सञ्चार नेपालका प्रशिक्षक तेज बहादुर डागीले गरेका थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप