गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको राजपुरमा माछापुच्छ्रे बैंकको शाखा रहित सेवा दाङ्गको राजपुरमा माछापुच्छ्रे बैंकको शाखा रहित सेवा प्रिया स्मृती गजमेर पुस २३, २०७७ गते १८:५५ मा प्रकाशित दाङ्ग – देउखुरीको ग्राहकहरुको मागलाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले राजपुर गाउँपालिकामा ग्राहक सेवा केन्द्र अन्तरगर्त शाखा रहित बैङकिङ सेवा शुरु गरेको छ ।बिहिवार एक औपचारिक कार्यक्रमका बिच ग्राहक सेवा केन्द्रको उद्घाटन गरिएको हो । माछापुच्छ्रे बैंक लमही शाखाका प्रमुख मधुसुदन श्रेष्ठको अध्यक्ष तथा राजपुर गाउँपालिकाका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले गाउँपालिका क्षेत्रमा बित्तीय सेवाको शुरुवात हुनु सकरात्मक रकेको भन्दै खुसी व्यक्त गरे ।उनले पछिल्लो समय धेरैजसो कारोबार बैङकिङ प्रणालीबाट चल्न थालेको भन्दै सुरक्षा, पारदर्शीता र सहजताको लागि बैङकिङ कारोबारबाट सहज हुने पनि बताए । कार्यक्रममा बिशिष्ट अतिथि राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्माले स्थानीयलाई आर्थिक कारोबारकोे लागि बैंकको ग्राहक सेवा केन्द्रले सघाउ पुग्ने बताए । कार्यक्रममा माछापुच्छ्रे बैंक केन्द्रिय कार्यालय शाखा रहित सेवाका इन्चार्ज मुकुन्द भट्टराई र बैंकका लुम्विनी प्रदेश प्रमुख नारायण केसीले ग्राहक सेवा केन्द्रको शाखा रहित सेवाबाट पाइने सेवा सुविधाको वारेमा जानकारी गराएका थिए ।कार्यक्रममा समाजसेवी भोगेन्द्र सिंह राजपुत, तुलीराम भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शाखा रहित बैंङकिङ सेवा राजपुरका प्रतिनिधि हरिराज धितालको स्वागत मन्तव्य र कार्यक्रमको सहजीकरण पत्रकार दिवाकर पोख्रेलले गरेका थिए । यसैविच राजपुर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गा प्रसाद शर्माको खाता खोलेर ग्राहक सेवा केन्द्रको कारोबारको औपचारिक शुरुवात गरिएको छ । ग्रामिण क्षेत्रमा बैंङकिङ सेवा उपलव्ध गराउने नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले पनि आफ्नो सेवालाई गाउँ केन्द्रित गर्न थालेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल