गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ गाडीले किचेर गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु गाडीले किचेर गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु प्रिया स्मृती गजमेर पुस १४, २०७७ गते २०:०७ मा प्रकाशित दाङ्ग -लमही नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने सुनडबरी नर्ती सडक खण्डमा गाडीले किचेर अचेत भएका एक अन्दाजी ४५/५० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। उनको हाल सम्म कुनै परिचय खुल्न सकेको छैन ।गाडीले किचेर गम्भीर घाइते भएका ति अपरिचित व्यक्तिको घुडा देखि मुनि थिला थिला भएको थियो। समयमा उपचार नपाउँदा र अत्याधिक रक्तास्राब हुँदा घाइतेको ज्यान गएको हुन् सक्ने वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले बताए ।हाल सम्म न ज्यान गुमाउने व्यक्तिको पहिचान हुन् सकेको छ न त् उनलाई किच्ने गाडी नै पत्ता लाग्न सकेको छ। जीवन र मृत्यु संग लडी रहेका ति घाइते व्यक्तिलाई वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्ल सहितको टोलीले उद्दार गरि लमही अस्पताल पुर्याएको थियो ।लमही अस्पतालमा सामान्य उपचार त् भयो तर घाइतेको अबस्था जटिल भएको भन्दै लमही अस्पतालले उपचारका लागि अन्यत्र लैजान भन्यो। बेवारिसे अबस्थामा रहेका ति व्यक्तिको न आफन्त सम्पर्कमा आए, न उनको पहिचान हुन् सक्यो। लमही अस्पतालको आपतकालिन कक्षमा अर्धचेत अबस्थामा रहेका ति व्यक्तिलाई उपचारका लागि अन्यत्र लैजाने कोहि भएन।अस्पतालमा खटिएका सुरक्षाकर्मी रोसन थापा मगर निकै अतालिएका थिए। अर्धचेत अबस्थामा रहेका ति व्यक्तिलाई समयमै सुबिधा सम्पन्न अस्पताल पुराउन सकेको भए सायद बचाउन सकिन्थ्यो कि थापाले भने।घाइतेको आफन्त सम्पर्कमा आउन नसके पछि लमही नगरपालिकाको सहयोगमा घाइतेलाई उपचारका लागि नेपालगंज रिफर गरिएको थ्यो तर त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप