गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ दंगाली कलाकार सागरको “शीतको पानी” दंगाली कलाकार सागरको “शीतको पानी” प्रिया स्मृती गजमेर पुस १०, २०७७ गते १२:४५ मा प्रकाशित दाङ्ग – “सागर भण्डारी” तिनै व्यक्तिको नाम हो जो केहि समय यता देखि कलाकारिता क्षेत्रमा जम्दै छन । दाङ्गको उर्वरभूमिमा जन्मिएर नेपाली गित संगीतमा चर्चा कमाउन सफल भएका थुप्रै कलाकार छन ।यहि पथलाई पछ्याउदै सागर पनि एक पछि अर्को गित स्रोता माझ लिएर आइरहेका छन । पछिल्लो समय उनले चर्चित शब्द संकलक रमेश बिजी, गायिका देबि घर्ती र राजु ढकालको स्वर रहेको “शीतको पानी” बोलको लोक तथा दोहोरी गितमा अभिनय गरेका छन ।शुक्रबार रिलिज भएको “शीतको पानी” बोलको गीतमा सागर संगै छुल्ठिम डोल्मा गुरुङको दमदार अभिनय देख्न सकिन्छ । सानै देखि नेपाली गित संगीतमा रुचि रहेका सागरले झन्डै आधा दर्जन गीतमा अभिनय गरिसकेका छन् ।सागर भण्डारी कलाकार मात्र नभई एक कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । उनि दाङको रेडियो मध्यपश्चिममा एक कुशल कार्यक्रम प्रस्तोताका रुपमा चिनिन्छन । सागरले नेपालका थुप्रै हस्तीहरुको दुरुस्तै नक्कल गरेर आवाज निकाल्न पनि सक्छन र क्यारिकेचर क्षेत्रमा पनि उनको उतिक्कै झुकाव छ ।उनि भन्छन—“रहर एकातिर भयो बाध्यता अर्को तिर”— पेसाले व्यवसायी भएपनि आफु कलाकारितामा नै खुशी भएको बताए । आफु अभिनित गितहरु स्रोताले मन पराई दिएको बताउदै आगामी दिनमा पनि स्रोताको मन जित्ने गित संगीत स्रोताको माझ लिएर आउने सागरको भनाई छ ।उक्त गितमा चेतन गोतामेको संगीतमा रहेको गीतको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका छन् ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल