प्रधानमन्त्री ओलीले अलकायदा शैली अपनाए – नेतृ झाँक्री
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधाजनक बहुमत भएको संसद विघटन गर्न सिफारिस गरेर अलकायदा शैली अपनाएको बताएकी छन् ।
‘आफ्नो सर्वस्व गुमाएर राजनीतिमा दाउपेच ल्याउनु भनेको यो आत्मघाती हमला जस्तो हो । त्यसकारण प्रधानमन्त्रीले आफ्नो ५ वर्षको सुविधाजनक बहुमत भएको संसद विघटन गरेर जोखिम मोल्नुभयो’, झाँक्रीले भनिन्, यो अलकायदाको जस्तो एक प्रकारको आत्मघाती प्रहार हो, यो अलकायदा शैली हो ।
राजनीतिमा दाउपेच गर्नुको मतलब पीठो पनि डालो पनि जलाउने नभएको भन्दै उनले भनिन्, ‘यो गैरसंवैधानिक छ । राजनैतिक बेइमानीपूर्ण छ, अनैतिक छ, जनमतको उपहास गरेको हो, जनताको जनमतको एक हिसाबले अपमान गरेको हो ।’
सबैभन्दा कम क्षति र दाउपेचबाट राजनीतिमा फाइदा लिनुपर्ने र चाणक्यले पनि त्यही भनेको उनले स्मरण गरिन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
धेरै पढिएका
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस