गृहपृष्ठ ∕ राजनीति ∕ बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने, केहीबेरमा पत्रकार सम्मेलन बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने, केहीबेरमा पत्रकार सम्मेलन दीप संञ्चार पुस ५, २०७७ गते १३:४४ मा प्रकाशित काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्रीहरुलाई समेत नसोधी संसद बिघटनको प्रस्ताव गरेपछि बहुमत मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। मन्त्रीहरुले केहीबेरमा पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने निर्णय लिने ती मन्त्रीले बताए।‘एउटै क्याबिनेटमा भएका मन्त्रीहरुलाई जानकारीसमेत नदिई अध्यादेश ल्याइयो। आइतबारको मन्त्रिपरिषद बैठकमा पनि हामीलाई त्यस्तै गरियो’ ती मन्त्रीले भने, ‘गल्ती प्रधानमन्त्रीले गर्ने, दोषी हामी सबै मन्त्री हुनुपर्ने कुरा ठीक होइन।’प्रधानमन्त्री ओलीले गरेको संसद बिघटनको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको छ। राष्ट्रपतिले सिफारिस स्वीकृत गर्ने वा नगर्ने विषयमा अहिलेसम्म औपचारिक जानकारी आइसकेको छैन। यद्यपि, राष्ट्रपतिका एक जना सल्लाहकार लालबाबु यादवले सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले रोक्न नमिल्ने बताइसकेका छन्।मन्त्रीहरुले सामूहिक रुपमा पत्रकार सम्मेलन गर्ने तयारी गरे पनि राष्ट्रपतिको निर्णयपछि मात्र पत्रकार सम्मेलनको आधिकारिक जानकारी दिइने ती मन्त्रीले बताए। उनका अनुसार राष्ट्रपतिले विवेक पुर्याएमा देशमा विद्यमान संकट तत्कालका लागि समाधान हुनेछ। यदि राष्ट्रपतिले असंवैधानिक सिफारिसलाई अनुमोदन गरेमा ओली सरकारमा बसिरहनुको कुनै औचित्य छैन।पत्रकार सम्मेलन कहाँ र कतिबेला हुने भन्ने विषय खुलाइएको छैन। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटनको सिफारिस स्वीकृत गरेमा नेकपाका बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने निश्चित छ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप