गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको राप्ती गाउँपालिका र गढवा जोड्ने नेपालकै तेस्रो लामो झोलुङ्गे पुल दाङ्गको राप्ती गाउँपालिका र गढवा जोड्ने नेपालकै तेस्रो लामो झोलुङ्गे पुल प्रिया स्मृती गजमेर पुस १, २०७७ गते १८:१९ मा प्रकाशित दाङ — नेपालको तेस्रो लामो झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ ।दाङ देउखुरी राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने उक्त पुलको काम सुरु भएदेखि गाउँका स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ । पुल निर्माणको काम सम्पन्न भएपछि राप्ती गाउँपालिका अन्तरगत कुररिया, मसुरिया, कटाहा, बसन्तपुर र गढवा गाउँपालिका अन्र्तगत पत्रिङ्गा, बडहडा , बनघुस्री, जेठानगाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन ।त्यस क्षेत्रमा पुल नहुँदा स्थानियलाई लमही गढवा हुदै गाउँमा जानुपर्ने बाध्यता रहेको थियो भने पुल निर्माण पश्चात् उक्त समस्या अन्त्य हुनेछ । नेपालको पहिलो झोलुङ्गे पुल महेन्द्रनगर देखि पश्चिम चाँदनी दोधारामा रहेको छ भने दोस्रो इलाममा र तेस्रो दाङमा हुनेछ । यस पुलको लम्बाई आठ सय अठार मिटर लामो हुनेछ ।तिन वर्ष भित्र निर्माण सम्पन्न सक्ने गरि थानि निर्माण सेवा गौशाला काठमाडौले जिम्मा लिएको छ । तराई मधेस कार्यक्रम अन्र्तगत दस करोड २७ लाखमा डेण्डर भई आठ करोड २७ लाखमा निर्माण कम्पनीले सम्झौता गरेको छ । दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद मेटमणी चौधरीले उक्त पुलको स्थलगत अवलोकन तथा निरिक्षण गरेका छन् । निर्वाचनका बेला आफुले जनतालाई दिएको आश्वासन बिस्तारै पुरा गर्दै जाने सांसद चौधरीले बताएका छन ।नेपालको तेस्रो झोलुङ्गे पुलको निरिक्षण गर्दै सांसद चौधरीले योजनाको काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन । काम गर्ने क्रममा आइपर्ने समस्या बारे स्थानीयसंग समन्वय गरेर कामलाई तिब्रता दिन आग्रह गरे । यस्तै प्रगन्ना सिंचाई प्रणालीको कार्यालय भवनको स्थलगत निरिक्षण तथा अनुगमन पनि गरेका छन् ।निर्वाचन क्षेत्र विकास कोषको पचाँस लाख बजेटबाट निर्माण भइरहेको डेर कठ्ठा जग्गामा आठ कोठे पक्कि भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै