गृहपृष्ठ ∕ राजनीति ∕ सरकार विरुद्द आफ्ना कार्यकर्तालाई सडकमा आउन कांग्रेसको आग्रह सरकार विरुद्द आफ्ना कार्यकर्तालाई सडकमा आउन कांग्रेसको आग्रह दीप संञ्चार मंसीर २५, २०७७ गते १४:०८ मा प्रकाशित काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मङ्सिरको १७ गते तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।कांग्रेसले मंसिर २९ गते आफ्ना कार्यकर्तालाई सडकमा आउन आह्वान गरेको छ ।कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकमा प्रदर्शनको तयारीबारे छलफल भएको थियो । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।उनले भने, ‘कोरोनाको महामारीका बेला पनि सरकार र सत्तारुढ पार्टी सत्ताको द्वन्द्वमा केन्द्रीय छ । त्यसले हामी २९ गते प्रदर्शन गर्दैछौं र त्यसमा सहमति हुन अपील गरेका छौं ।’सरकारले अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको र त्यही क्रममा पौडेलमाथि धरपडक भएको भन्दै कांग्रेसले २९ मंसिरको प्रदर्शनमा यसलाई पनि मुद्दा बनाएको छ ।सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार कांग्रेसले सडक आन्दोलनलाई निरन्तरता दिने छ । ‘२९ गतेको प्रदर्शन प्रारम्भिक मात्र हो, त्यसपछि अरु कार्यक्रम पनि गर्ने सल्लाह भएको प्रवक्ता शर्माले बताए।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप