गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बुहारीलाई बोक्सी भन्दै कुटपिट गर्ने जेठाजू पक्राउ बुहारीलाई बोक्सी भन्दै कुटपिट गर्ने जेठाजू पक्राउ प्रिया स्मृती गजमेर मंसीर १९, २०७७ गते १४:५९ मा प्रकाशित दाङ्ग-बुहारीलाई बोक्सीको आरोप लगाउने जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी तिलकराम चौधरी रहेका छन । चौधरीले आफ्नै भाईको श्रीमतीलाई बोक्सी भन्दै पटक पटक कुटपिट समेत गरेको आरोप लागेको छ ।जेठाजुले अत्याधिक मानसिक तनाब दिन थालेपछी पिडित महिला गढवा गाउँपालिकाको न्यायिक समितिको सम्पर्कमा आएकी थिईन । बोक्सी केस प्रहरीले हेर्ने कानुनी प्रावधान भएकोले पीडितलाई न्यायिक समितिले इलाका प्रहरी कार्यालय गढवामा पठाएको प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गाउँ—गाउँमा चलिरहेको बेला जेठाजुले आफ्नै बुहारीलाई बोक्सी भनेको र मानसिक यातना दिएको भन्दै निवेदन परेपछी पिडक तिलकराम चौधरीलाई मंगलबार इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको हो ।गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने पिडितका सहोदर जेठाजु तिलकराम चौधरीले आफ्नै भाई बुहारीलाई बोक्सीको आरोप लगाएको भन्दै पिडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि जेठाजु तिलकरामलाई प्रहरीले पक्राउ गरेको हो । पिडित महिलाले गाउँपालिकामा उजुरी गर्न आएको र अभियानमा हिडेको टोली र न्यायिक समितिले हामीले मिलाउन नबन्ने केश भनेपछि पिडित प्रहरी कार्यालयमा उजुरी दिएको दिएकी थिइन् । जेठाजुको छोरा मादक पदार्थ सेवन गरेर लडि घाइते हुँदा समेत आफुलाई त नै बोक्सी लागेर मेरो छोरा लड्यो भनेर आरोप लगाएको पिडित महिलाले बताइन् । पक्राउ परेका पिडकलाई दाङ देउखुरी जिल्ला अदालत बाट म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिएका छन् । बोक्सीको आरोप लगाउने व्यक्तिलाई मूलूकी अपराध संहिता तथा फौजदारी कसुर सजाय–२०७४ मा ५ बर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप