गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ कोरोनाविरुद्धको अमेरिकी–जर्मन खोप ९० प्रतिशत प्रभावकारी कोरोनाविरुद्धको अमेरिकी–जर्मन खोप ९० प्रतिशत प्रभावकारी एजेन्सी कात्तिक २४, २०७७ गते २१:०२ मा प्रकाशित अमेरिका — प्रारम्भिक अनुसन्धानले कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिन ९० प्रतिशतभन्दा धेरै प्रभावकारीहुने देखाएको छ । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर यो भ्याक्सिन तयार गरेका हुन् ।परीक्षणमा भ्याक्सनको प्रभावकारीता उत्कृष्ट देखिएको दिनलाई फाइजर कम्पनीका मालिक अल्बर्ट बोउर्लाले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् ।यो भ्याक्सिन ६ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण भइसकेको छ र सुरक्षाका विषयमा कुनै सवाल उठेको छैन । यी कम्पनीहरुले यसै महिनाको अन्त्यसम्म भ्याक्सिन प्रयोग गर्न पाउनेगरी आपतकालिन स्वीकृति लिन आवेदन दिने योजना बनाएका छन् ।फिजर कोभिड भ्याक्सिनको समाचारपछि स्कट मार्केट आकाशिएको छ ।मानिसहरुले झेलिरहेको लकडाउन र अन्य विभिन्न खाले कडाइबाट बाहिर निस्कनका लागि भ्याक्सिन र अन्य उत्कृष्ट उपचारहरुलाई उपयुक्त बाटोका रुपमा हेरिएको छ ।अहिले झन्डै एक दर्जन भ्याक्सिनहरु अन्तिम चरणको परीक्षणमा छन् । तर, प्रभावकारी नतिजा देखाउने यो पहिलो भ्याक्सिन हो । यसले पूर्णत प्रयोगात्मक तरिका अबलम्बन गर्छ, जसअनुसार प्रतिरोधी प्रणालीलाई अभ्यस्त गराउन भाइरसको जेनेटिक कोडको हिस्सामा इन्जेक्ट गरिन्छ । विगतका परीक्षणहरुले देखाएअनुसार एन्डिबडी र कोरोनाविरुद्ध लड्ने प्रतिरोधी प्रणालीको अर्को हिस्सा ‘टी सेल्स’ दुुबै निर्माण गर्न भ्याक्सिनले शरीरलाई अभ्यस्त गराउँछ । तीन साताको फरकमा दुुई डोजन लगाउनुपर्छ ।अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणले दोस्रो डोज लगाएको ७ दिनपछि ९० प्रतिशत सुरक्षा मिलेको देखाएको हो । फिजरले वर्षको अन्त्यसम्म ५ करोड डोज भ्याक्सिन आपुर्ति गर्नका लागि आफुु सक्षम हुने विश्वास गरेको छ । त्यस्तै, वर्ष २०२१ को अन्त्यसम्म १ अर्ब ३० करोड भ्याक्सिन तयार गर्न सकिने कम्पनीले जनाएको छ ।क्याटेगोरी : ग्लोबल, अमेरिका, समाचारट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट