गृहपृष्ठ ∕ ग्लोबल ∕ कुवेतद्वारा १० महिनामा १३ हजार आप्रबासी कामदारहरुलाई देश निकाला,अबैधानिकलाई नछोडिने कुवेतद्वारा १० महिनामा १३ हजार आप्रबासी कामदारहरुलाई देश निकाला,अबैधानिकलाई नछोडिने दीप संञ्चार कात्तिक १९, २०७७ गते १९:१२ मा प्रकाशित हरि कृष्ण न्यौपाने–कुवेत सरकारले अक्टोबर ३१,२०२० सम्म १० महिनाको अबधिमा १३ हजार आप्रवासी कामदारहरुलाई देश निकाला (डिपोर्ट) गरेको जनाएको छ।अझै करिब ९०० आप्रबासी कामदारहरु डिपिर्टेशन प्रकृयमा रहेको जनाइएको छ।उनिहरु सबैलाई भिसा नियम उल्लंघन, अबैधानिक क्रियाकलाप र कानुनले बर्जित गरेका काम गरेको आरोपमा देश निकाला गरिएको हो।कुवेतको अनलाइन पत्रीका अरब टाइम्समा कुवेतका गृह मन्त्रालयका जनरल इसाम अल नवाम (Issam Al Naham)का अनुसार भनेर प्रकाशित समाचारमा भनिएको छ”यो १० महिनामा १३ हजार आप्रबासीहरुलाई डिपोर्ट गरिएको संख्या पछिल्ला दुई बर्षको अनुपातमा कम संख्या हो।सन २०१८ मा ३४ हजार र सन २०१९ मा ४० हजार आप्रबासी कामदारहरुलाई विभिन्न नियम उल्लंघन र कानुनले बर्जित गरेको काम गरेको अभियोगमा देश निकाला गरिएको थियो।यो बर्ष कोरोना प्रकोपको कारण धेरै देशमा एयरपोर्ट बन्द भएकाले पनि देश निकाला गर्नेको संख्यामा कमि आएको समाचारमा जनाइएको छ।त्यसै गरि केही अफ्रिकन देशहरुको एयरपोर्ट अझै बन्द भएका र ती देशका नागरिकले तिर्नु पर्ने जरिवाना तिर्न नसकेका कारण केही अफ़्रिकि मुलुकका आप्रवासी कामदारहरुलाई लामो समय सम्म कस्टडीमै राख्नु परेको जनाइएको छ। त्यति मात्र होइन अबैधानिक काममा संलग्न र कुवेतको भिसा सम्बन्धी नियम उल्लंघन गर्ने जो कोहिलाई पनि तत्काल समाउन निर्देशन दिईएको समाचारमा जनाईएको छ।कुवेत सरकारले केही समय देखि अबैधाबिक गतिबिधी माथि पूर्ण नीग्रानी बढाउदै यस्ता क्रियाकलापमा संलग्न आप्रवासी कामदारहरुलाई सिधै देश निकाला गर्ने गरेको छ।”Clean up the Country” क्याम्पियननै शुरु गरि यस्ता अबैधानिक काममा लाग्नेहरु र भिसा नियम उल्लंघन गर्ने आप्रबासी कामदारहरुलाइ कुवेत सरकारले कडाई गर्ने जनाईएको छ।यसरि देश निकाला(डिपोर्ट) प्रक्रियाबाट गएका कुनै पनि आप्रवासीहरुले पुन: कुवेत आउन पाउने छैनन।तर कोरोना महामारीको समयमा अप्रिल १ देखि दिईएको १ महिने आममाफिको फाइदा उठाउदै आ-आफ्नो मुलुक फर्किएका करिब २८ हजार अबैधानिक आप्रवासी कामदारहरुले भने कुवेत पुन: फर्किन चाहेमा नयाँ भिसा मार्फत आउन पाउनेछन।यद्यपि कुवेतले कोरोना प्रकोपबाट उत्पन्न परिस्थितिको कारण देखाउदै सन २०२० भरी र सम्भबत २०२१को पहिलो अर्धबार्षिक सम्म आप्रवासी कामदारहरुका लागि नयाँ भिसा नखोल्ने यस अघि नै जनाईसकेको छ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट