Techie IT
×
गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ एक हप्ताका लागि लमही नगरपालिका सिल

एक हप्ताका लागि लमही नगरपालिका सिल


दाङ्ग-दाङ्गको लमही नगरपालिकामा एक हप्ताका लागि सिल भएको छ ।

नगरपालिकाका जनप्रतिनिधि र केहि कार्यरत कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछी नगरपालिका सिल गरिएको लमही नगरपालिकाका प्रवक्ता वीम बहादुर केसीले जानकारी दिए। लमही नगरपालिकाको कार्यालय, वडा नम्बर ३ को कार्यालय र ४ को वडा कार्यालय प्रदान गरिने अति आवश्यक सेवा बाहेक अन्य कामकाज नहुने भन्दै सुचना जारि गरेको छ।

त्यस्तै लमही अस्पतालमा कार्यरत तिन जना कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिए पछि एक हप्ताका लागि आवश्यक सेवा बाहेकका अन्य नियमित सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख आकाश बेल्बासेले जानकारी दिए।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस