गृहपृष्ठ ∕ समाचार ∕ अक्सफोर्ड बिश्वविद्यालयले उत्पादन गरेको कोरोना भ्याक्सीनले सफलता पाऊने संकेत अक्सफोर्ड बिश्वविद्यालयले उत्पादन गरेको कोरोना भ्याक्सीनले सफलता पाऊने संकेत एजेन्सी कात्तिक १२, २०७७ गते १९:२० मा प्रकाशित लण्डन – बेलायतस्थित अक्सफोर्ड बिश्वबिद्धालय ले उत्पादन गर्दै आएको कोरोना भ्याक्सिनले सफलता प्राप्त गर्ने संकेत मिलेको छ। अक्सफोर्डले जनाएअनुसार उसले उत्पादन गरेको भ्याक्सिनले मानिसमा प्रतिरक्षात्मक क्षमता बढाऊने गरेको जनाईएको छ। यद्यपि पहिलो चरणमा परिक्षण गरिएको भ्याक्सिनले बढाऊने गरेको प्रतिरक्षात्मक क्षमताको नतिजा भने सार्वजनिक गरिएको छैन।बिश्वबिद्धालयद्वारा मंगलवार गरिएको पत्रकार सम्मेलनमा भनिएको छ; हामीले ज-जसलाई कोरोनाको भ्याक्सिन लगाईदिएका छौं उनीहरुमा प्रतिरक्षात्मक क्षमता गुणात्मक रुपमा बिकसित हुँदै आएको छ। अक्सफोर्ड बिश्वबिद्धालयले बेलायतमा औषधि उत्पादन गर्दै आईरहेको कम्पनी एस्ट्राजेनेका संगको सहकार्यमा भ्याक्सिन उत्पादन गर्दै आईरहेको छ। बिश्वबिद्धालयका प्रोफेसर एन्ड्र्यु पोलार्डले एक रिसर्च कन्फ्रेन्समा भनेका छन- पछिल्लो पटक परिक्षण गरिएको कोरोना भ्याक्सिनले सकारात्मक नतिजा ल्याएको छ, यसबाट हामी उत्साहित पनि भएका छौं।अक्सफोर्ड बिश्वविद्यालयले उत्पादन गरेको कोरोना भ्याक्सीनअक्स्फोर्ड बिश्वबिद्धालयका तर्फबाट जारी बिज्ञप्तीमा भनिएको छ; प्रोफेसर पोलार्डले दोस्रो चरणको सुरक्षा एवं प्रतिरक्षा प्रणालीको बारेमा चर्चा गरेका छन, यो दोस्रो चरणमा बेलायतका ७० बर्षभन्दा माथीका नागरिकमा यसको परिक्षण गरिसकिएको छ र एस्ट्राजेनेका भ्याक्सिन तेस्रो चरणको परिक्षणको लागि पनि तयारी हुंदैछ। बिश्वमा भ्याक्सिन बनाऊने दौडमा अक्सफोर्डले उत्पादन गर्दै आईरहेको भ्याक्सिन सबैभन्दा पहिला बनेको हो र यो भ्याक्सिन छिट्टै बजारमा पनि आऊने बिश्वास ब्यक्त गरिएको छ।औषधि उत्पादन गर्ने कम्पनी एस्ट्राजेनेका प्रवक्ताले भनेका छन- ` हामीलाई उत्साह बढिरहेको छ। हामीले उत्पादन गरेको भ्याक्सिनले युवादेखि बयष्कसम्मलाई समान रुपमा प्रभाव पारिरहेको छ। यतिमात्र होईन यो भ्याक्सिन लगाईसकेपछि बृद्धबृद्धाहरुमा कोरोनाको दुष्प्रभाव पनि कम हुँदै गईरहेको छ। यसप्रकारको नतिजाले भ्याक्सिन सुरक्षित एवं प्रभावकारी हुने दिशामा अंघि बढिरहेको पुष्टि हुन्छ।´अक्सफोर्डले उत्पादन गरेको यो भ्याक्सिनले परिक्षणको अन्तिम चरण पार गर्नै लागेको हुँदा यसको नतिजा पनि छिट्टै सार्वजनिक हुने जनाईएको छ। एस्ट्राजेनेकाले कोरोना भ्याक्सिन सप्लाईको लागि विभिन्न देशहरुसंग सम्झौता पनि गरिसकेको छ। बेलायतका स्वास्थ्यमन्त्री मेट हैनककले पनि सन् २०२१ को शुरुवातसंगै बजारमा कोरोनाविरुद्धको भ्याक्सिन आऊने सम्भावना रहेको बताएका छन।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप