गृहपृष्ठ ∕ समाचार ∕ काठमाण्डौको खुलामञ्चमा सर्वसाधारणलाई टीका काठमाण्डौको खुलामञ्चमा सर्वसाधारणलाई टीका दीप संञ्चार कात्तिक १०, २०७७ गते १९:३५ मा प्रकाशित काठमाडौँ– लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको ‘हाम्रो टीम नेपाल’ले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ।गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिकहरुलाई खाना खुवाइरहेको हाम्रो टीम नेपालले दसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो। खुलामञ्च लगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीमले दसैँको अवसर पारेर टीका लगाइदिएको हो।लकडाउन सुरु भएदेखि बाटोमा खाना खुवाइरहेको हाम्रो टीमले दसैँको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर हाम्रो टीमले सरकारको कमि पूरा गरेको सर्वसाधारणले बताएका छन्।कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टीम लगायतका संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्धार गरिरहेको उनीहरुको भनाइ छ। हाम्रो टीम लगायतका संस्थाहरुको पहलले ओली सरकारलाई झापड हानेको सर्वसाधारण भनाइ छ।हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दसैँको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वादभन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दसैँ मनाउँदा सन्तुष्टि मिलेको बताए। कोरोना संक्रमणका कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनले बताए।आज विजया दशमीको दिन कोरोना भाइरसका कारण विगत वर्षहरु जस्तो हर्षोल्लास छैन। विश्वव्यापी बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ। उपत्यकामा संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप