गृहपृष्ठ ∕ समाचार ∕ पानीमा डुबेर रुपन्देही र कपिलबस्तुमा तिन जनाको मृत्यु पानीमा डुबेर रुपन्देही र कपिलबस्तुमा तिन जनाको मृत्यु दीप संञ्चार कात्तिक ८, २०७७ गते १९:४४ मा प्रकाशित बुटवल – लुम्बिनी प्रदेशका दुई जिल्लाका रुपन्देही र कपिलवस्तुमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ ।कपिलवस्तुमा पोखरीमा डुबेर दुई जना र रुपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका– ८ दीपनगरका १० वर्षका निश्चल तिवारीको पौडी खेल्ने क्रममा बुटवल–७ स्थित भनभने खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए । बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ४ मा अध्ययनरत उनी शुुक्रबार बुटवलबाट हराएका थिए ।यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ५ स्थित मतखनवा पोखरीमा कमलको फूल टिप्ने क्रममा स्थानीय ३२ वर्षीय अशोक कुमार पाठक र २६ बर्षीय करमहंस पाठकको मृत्यु भएको छ ।शनिबार बिहान पूजाका लागि फूल टिप्न गएका उनीहरु पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल