गृहपृष्ठ ∕ समाचार ∕ छोटो समयमा लोकप्रिय बन्दै “होटल ए वान लभ्ली स्टार प्रालि” छोटो समयमा लोकप्रिय बन्दै “होटल ए वान लभ्ली स्टार प्रालि” प्रिया स्मृती गजमेर कात्तिक ८, २०७७ गते ११:५० मा प्रकाशित दाङ्ग – दाङ्गको लमही नगरपालिका वडा नम्बर ५ निवासी कृष्ण खनाल यति बेला पाहुना स्याहार्नमै व्यस्त छन । थोरै दिनमा अतिथिहरुको मन जित्न सफल भएको छ, होटल व वान लभ्ली स्टार प्रालि । बजारको हरेक चिया पसलमा खनालको होटलको चर्चा चल्ने गर्छ । त्यो चर्चा अरु नभएर उनले लगानी गरेको ठुलो रकमको बारेमा। दाङ्ग जिल्लामै छैनन् खनालको होटल जस्तो ।लगानी ठुलो आकारमा लाग्यो अझ भन्ने हो भने होटलको सजावटले पाहुनाको मन त्यसै तान्ने जस्तो, बस यस्तै यस्तै चर्चा अनि परिचर्चा । खानालले लमहीमा अत्याधिक सेवा सुविधा सम्पन्न होटल संचालन गर्नु पुर्व चिने जानेका आफ्ना साथीभाईसंग छलफल पनि गरेका हुन । तर लामो समय भारतमा होटल लाइनको काम गरेका खनालमा होटललाई कसरी लोकप्रिय बनाउन सकिन्छ, कसरी पाहुनाको मन जित्न सकिन्छ भन्ने कुरा राम्ररी ज्ञान छ ।उसो त प्रदेश नम्बर ५ को नामाकरण लुम्बिनी प्रदेश र स्थायी राजधानी देउखुरी उपत्यका भएपछी देउखुरीमा एक्कासि चहलपहल बढेको छ । जसले गर्दा यस क्षेत्रका होटल व्यवसायीहरुको कारोबारमा टेवा पुग्ने देखिन्छ । यसै विचमा खनालले पनि सेवाग्राहीलाई सेवा दिने भनेर ६ करोड खर्चेर होटल संचालन गरेका छन । होटललाई व्यवस्थित गर्नका लागि उनले बुटवलको नाम चलेको होटलबाट एक जना म्यानेजर समेत ल्याएको उनले बताए । अहिले उनि संग झन्डै एक दर्जन कामदार छन । एकातिर व्यवसाय संचालन गरेका छन् भने दर्जन भन्दा बढीलाई रोजगारी दिएका छन । होटल संगै झन्डै एक हजार अट्न सक्ने क्षमता भएको सभा हल पनि रहेको छ ।चिया, कफी खाने देखि लिएर खाजा नास्ता अनि खाना खाने र बास बस्नका लागि मानिसहरु आउने गरेको होटल म्यानेजर जगन भट्टराईले बताए । हामीले ग्राहकले आउन लागेको जानकारी गराएपछि खाना बनाउछौ, हामीबाट ग्राहकलाई सेवा दिन कुनै बेला कमि हुने छैन म्यानेजर भट्टराईले भने । होटल व वान लभ्ली स्टार प्रालिमा प्रायः प्रख्यात भारतीय खानाका परिकार पाइन्छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल