जसपाले पार्टीको अन्तरिम विधान संशोधन गर्ने, बनाउने भयो ८ सय सदस्यीय केन्द्रीय समिति
काठमाडौं — जनता समाजवादी पार्टी नेपालले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । भोलिदेखि बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठकबाट सो पार्टीले विधान संशोधन गर्न लागेको हो । स्रोतकाअनुसार विधान अनुसार केन्द्रीय समितिको संख्या ७०१ रहेको छ, त्यसलाई बढाएर ८ सय सदस्यीय बनाउन लागिएको हो ।
गत बैशाखमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल गठन भएको थियो । विधानअनुसार ७०१ जनाको केन्द्रीय समिति बनाउनुपर्ने तर राजपा नेपालबाट आवश्यकताभन्दा बढी नाम जसपामा गएकोले त्यसलाई मिलाउनका लागि ७०१ बाट ८ सय बनाएको लागिएको कार्यकारिणी समितिका एक नेताले बताए ।
त्यसका साथै बैठकले पार्टीको नियमावली पनि बनाउने छ । नियमवालीको ड्राफ तयार भइसकेको छ । सो विषयमा भने बैठकमा छलफल गरी टुगों लगाइनेछ । बैठकले संघीय परिषद्को गठन गर्नुको साथै कार्यकारिणी समितिका सदस्यहरुको कार्य विभाजन समेत गर्नेछ । पार्टीलाई प्राप्त नमावलीको आधारमा ८ सय सदस्यीयको केन्द्रीय समिति पनि बैठकबाट घोषणा गरिनेछ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकको सम्पूर्ण तयारी पुरा भएको छ । सरकारले कोरोनाका कारण तोकेको मापदण्डअनुसार बैठक सञ्चालन गर्ने जसपा नेपालले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ४नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस