गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा एक किलो सुन सहित तिन जना पक्राउ दाङमा एक किलो सुन सहित तिन जना पक्राउ प्रिया स्मृती गजमेर असोज २२, २०७७ गते २०:४४ मा प्रकाशित दाङ — दाङमा एक किलो सुनसहित प्रहरीले तिन जनालाई जना पक्राउ गरेको छ । दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया बाट क्रेटा कार सहित उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चालक जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ वस्ने जिवन कुमार श्रेष्ठको छोरा वर्ष २५ को सुवाश श्रेष्ठले घोराही उपमहानगरपालिका वडा नं.१४ वस्ने ईन्द्र प्रसाद श्रेष्ठको छोरा वर्ष ४२ को सम्मान कुमार श्रेष्ठ र सोही गाडीमा सवार अपुर्ब थैब श्रेष्ठ रहेका छ्न ।जुत्ताको तलुवामा इमिरेट्स गोल्ड पाँच सय ग्राम लेखेको एक थान र बायाँ खुट्टामा इस्तानबुल गोल्ड रिफाइनेरी मेल्टर एण्ड अस्सएर पाँच सय ग्राम लेखेको एक थान गरी दुई थान लुकाई छिपाई राखेको अवैध पहेंलो सुन जस्तो देखिने चारपाटे धातु बरामद गरी तत्काल डिजिटल मेशिनमा राखी तौल गर्दा एक हजार ग्राम रहेको तथा निज सम्मान कुमार श्रेष्ठको साथ बाट बरामद भएको सुन जस्तो देखिने सुनको सिक्री एक थानसहित एक किलो र प्रहरीले नगद साठ्ठी हजार रुपैयाँ नगद पनि बरामद गरेको छ ।सोही गाडीमा सवार अपुर्व थैव श्रेष्ठको साथबाट बरामद भएको चाँदीको सिक्री एक थान र एघार सय बिस रुपैयाँ नगद बरामद भएको भने सोही गाडीका चालक सुवाश श्रेष्ठको साथबाट बाह्र हजार दुई सय पचास रुपैयाँ बरामद सहित उनिहरुलाई पक्राउ गरिएको थियो ।पक्राउ परेका तिनै जना अहिले जिल्ला प्रहरी कार्यालय दाङको नियन्त्रणमा रहेको र अनुसन्धान भईरहेको दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमित खड्काले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने