गृहपृष्ठ ∕ समाचार ∕ सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, के होला त लकडाउन ? सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, के होला त लकडाउन ? दीप संञ्चार असोज २१, २०७७ गते २१:१६ मा प्रकाशित काठमाडौं — नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितहरुको संख्या २५ हजार नाघेको छ । बुधबार देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा असोज ७ गते इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि सरकार मातहतका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै त्यो अवस्थामा पुनः बन्दाबन्दी गर्नुपर्ने सिफारिस सरकारलाई गर्ने निर्णयसमेत गरेको थियो ।सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि स्वास्थ्य मन्त्रालयलाई मात्र बन्दाबन्दी गर्ने अधिकार नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी बताउँछन् । २५ हजार भन्दा माथि सक्रिय संक्रमित पुगेको अवस्थामा स्वास्थ्य संस्थाहरूले धान्न नसक्ने भनेर आँकलन गरिएको थियो । त्यही आँकलनको आधारमा सरकारमा सिफारिस गर्ने भनिए पनि कोभिड–१९ का बिरामीलाई उपचार लागि हालसम्म अस्पतालले धान्न सक्ने अवस्था रहेको उनले बताए ।तर, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने कोरोना भाइरसको संक्रमण दर बृद्धि भएसँगै अस्पतालहरुमा बेडको अभाव हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले विरामीहरुलाई पायक पर्ने स्थानमा बेड उपलव्ध हुननसकेको भन्दै यस महामारीको अवस्थामा सबै सरकारी तथा निजी अस्पतालहरुले कोभिडका विरामीहरुको उपचार व्यवस्था गर्न आवश्यक रहेको पनि बताएका छन् ।उनले स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना संक्रमण अप्रत्याशित रुपमा बढेको भन्दै अब अस्पतालले नधान्ने पनि बताएका छन् । ‘विशेषगरी काठमाडौ उपत्यकामा संक्रमितहरुको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको अवस्था छ’, बुधबारको नियमित प्रेस ब्रिफिगमा प्रवक्ता गौतमले भने, ‘यही तरिकाले संक्रमण बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन ।’उनले भिडभाड नगर्न आग्रह गर्दै ‘बजारमा किनमेल गर्नेहरुको भिडले तीव्रगतिमा बढेको कोरोना छैन कि भन्ने भान’ भएको बताए । ‘तपाईं हाम्रा व्यवहारले संक्रमण अप्रत्यासित बढेको छ’ गौतमको भनाई छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै