गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित दीप संञ्चार असोज २०, २०७७ गते १६:५४ मा प्रकाशित बुटवल — प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ। विशेषगरी प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ ।प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भयो ।भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको राजधानीको छिनोफानो गर्ने भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे । हाल प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा रहेको थियो ।सत्तारुढ नेकपाले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। तर, कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट हालेका छन् ।यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुई तिहाइले पारित भएको छ । सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ । पक्षमा खसेको मत दुई तिहाइ भन्दा बढी भएपनि सभामुखले प्रदेशको नाम लुम्बिनी कायम भएको घोषणा गरे ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट