गृहपृष्ठ ∕ समाचार ∕ लौहपुरुष सिंहको सम्झनामा विरामीलाई फलफुल लौहपुरुष सिंहको सम्झनामा विरामीलाई फलफुल प्रिया स्मृती गजमेर असोज २, २०७७ गते २२:०४ मा प्रकाशित दाङ — नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सुबाश न्यौपाने, नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ दाङ्गका अध्यक्ष मोहन केसी, विपी कोइराला युवा नेतृत्व विकास मंच दाङ्ग क्षेत्र नम्बर १ का संयोजक किरण बिक्रम शाह, लमही जेसिजका पुर्ब अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता खेमराज घिमिरे लगायतको टोलीले अस्पतालमा उपचार गराईरहेका विरामीलाई फलफुल वितरण गरेका हुन ।टोलीले सिंहको सम्झनामा अस्पतालमा विरामी भएर उपचार गराईरहेकाहरुलाई फलफुल वितरण गरेको लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सुबाश न्यौपाने जानकारी दिए । विरामीलाई फलफुल वितरण गर्दै वडाध्यक्ष तथा नेता न्यौपानेले सिंहको थोरै बिचार अहिलेका नेताहरुले अनुसरण गर्न सके मात्र कांग्रेस साच्चिकै कांग्रेस हुने बताए ।त्यस्तै नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ दाङ्गका अध्यक्ष मोहन केसीले कांग्रेस भित्र झाङ्गिदै गएको गुट उपगुट अन्त्य भयो भने मात्र कांग्रेस बलियो हुने बताए । कांग्रेस भित्र भएका साना तिना मनमुटावलाई त्यागेर एक ढिका हुने हो भने जुन सुकै शक्तिले पनि कांग्रेस नहल्लिने बताए । विपी कोइराला युवा नेतृत्व विकास मंच दाङ्ग क्षेत्र नम्बर १ का संयोजक किरण बिक्रम शाहका अनुशार लौह पुरुष सिंहको योगदानलाई बुझेर आत्मा साथ गर्नु पर्ने र पछिल्लो पुस्ताले सोहि मार्ग पछ्याउदै हिड्नु पर्ने अहिलेको आवश्यकता भएको बताए ।नेता सिंहको सम्झनामा फलफुल लगेर अस्पताल पुगेको काङ्ग्रेस नेताहरुलाई लमही अस्पतालका तर्फ बाट कमल चौधरी र सिर्जन पौडेलले धन्यवाद दिएका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप