गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रशासनको आदेशको उलंघन गर्दै देउखुरीमा बिशाल कार्यक्रम प्रशासनको आदेशको उलंघन गर्दै देउखुरीमा बिशाल कार्यक्रम दीप संञ्चार भदौ ३०, २०७७ गते २०:०३ मा प्रकाशित दाङ — जिल्ला प्रशासन कार्यालय दाङले जारि गरेको सूचनालाई उलंघन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाले देउखुरीमा बिशाल कार्यक्रमको आयोजना गरेको छ । नीति निर्माणमा पुगेका प्रतिनिधि सभा सदस्य सहित झन्डै आधा दर्जन प्रदेश सभा सदस्यहरु तामझामका साथ् चुनावी सभाको झल्को दिनेगरी पार्टी प्रवेश कार्यक्रममा पुगेका थिए ।नेपाल सरकारले यहि भदौ २८ गते देखि देशमा जारि गरेको लकडाउन सकिएको घोषणा गरेपनि दाङमा बिहान ६ बजे देखि बेलुका ७ बजे सम्म मात्र ब्यापार व्यवसायका लागि पसल खोल्ने भनेको छ, त्यस्तै भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्ने भनेर जिल्ला प्रशासन कार्यालय दाङले सुचना नै जारि गरेको छ । तर देउखुरीमा सिंगो सत्तानै सम्हाली रहेका नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य, प्रदेश साँसद दामा शर्मा, इन्द्रजित थारु, रेवती रमन शर्मा लगायतका नेता समेतको सहभागितामा राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित जङ्रहवामा बिशाल पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेर प्रशासनको धज्जी उडाउँदै कार्यक्रम सम्पन्न भएको छ ।विश्व कोरोना भाइरसले आक्रान्त भैरहेका बेला नेकपाको सरकार आफ्ना कार्यकर्ता पोशाउन र पार्टी प्रवेश गराउनमै व्यस्त रहेको छ । हरेक मानिस कोरोन भाइरसले ग्रसित हुने समय आइरहेका बेला नेकपा सरकारले मानब स्वास्थ्यमा खेलाची गरेको देखिन्छ । कार्यक्रममा उपस्थित भएका नेता देखि लिएर कार्यकर्ताले मुखमा मास्क लगाए पनि सामाजिक दुरी नै कायम नगरेर बसेका थिए ।किराना र तरकारी पसलमा तरकारी किन्न आउनेलाई धेरै भिड नगरौ है भनेर धपाउने सुरक्षाकर्मी नजिकबाट भिडभाडलाई नियाली रहेका थिए । यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई यो महामारीका बेला कसैले पनि भिडभाड, सभा सेमिनार गर्न नपाईने र देउखुरीको राजपुरमा आयोजना गरिएको कार्यक्रमको बारेमा आफुलाई कुनै पनि जानकारी नभएको बताए ।कार्यक्रममा स्थानिय जनप्रतिनिधि देखि लिएर प्रदेश सभा सदस्य देखि प्रतिनिधि सभा सदस्य लगायतका नेताको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै