गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रशासनको आदेशको उलंघन गर्दै देउखुरीमा बिशाल कार्यक्रम प्रशासनको आदेशको उलंघन गर्दै देउखुरीमा बिशाल कार्यक्रम दीप संञ्चार भदौ ३०, २०७७ गते २०:०३ मा प्रकाशित दाङ — जिल्ला प्रशासन कार्यालय दाङले जारि गरेको सूचनालाई उलंघन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाले देउखुरीमा बिशाल कार्यक्रमको आयोजना गरेको छ । नीति निर्माणमा पुगेका प्रतिनिधि सभा सदस्य सहित झन्डै आधा दर्जन प्रदेश सभा सदस्यहरु तामझामका साथ् चुनावी सभाको झल्को दिनेगरी पार्टी प्रवेश कार्यक्रममा पुगेका थिए ।नेपाल सरकारले यहि भदौ २८ गते देखि देशमा जारि गरेको लकडाउन सकिएको घोषणा गरेपनि दाङमा बिहान ६ बजे देखि बेलुका ७ बजे सम्म मात्र ब्यापार व्यवसायका लागि पसल खोल्ने भनेको छ, त्यस्तै भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्ने भनेर जिल्ला प्रशासन कार्यालय दाङले सुचना नै जारि गरेको छ । तर देउखुरीमा सिंगो सत्तानै सम्हाली रहेका नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य, प्रदेश साँसद दामा शर्मा, इन्द्रजित थारु, रेवती रमन शर्मा लगायतका नेता समेतको सहभागितामा राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित जङ्रहवामा बिशाल पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेर प्रशासनको धज्जी उडाउँदै कार्यक्रम सम्पन्न भएको छ ।विश्व कोरोना भाइरसले आक्रान्त भैरहेका बेला नेकपाको सरकार आफ्ना कार्यकर्ता पोशाउन र पार्टी प्रवेश गराउनमै व्यस्त रहेको छ । हरेक मानिस कोरोन भाइरसले ग्रसित हुने समय आइरहेका बेला नेकपा सरकारले मानब स्वास्थ्यमा खेलाची गरेको देखिन्छ । कार्यक्रममा उपस्थित भएका नेता देखि लिएर कार्यकर्ताले मुखमा मास्क लगाए पनि सामाजिक दुरी नै कायम नगरेर बसेका थिए ।किराना र तरकारी पसलमा तरकारी किन्न आउनेलाई धेरै भिड नगरौ है भनेर धपाउने सुरक्षाकर्मी नजिकबाट भिडभाडलाई नियाली रहेका थिए । यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई यो महामारीका बेला कसैले पनि भिडभाड, सभा सेमिनार गर्न नपाईने र देउखुरीको राजपुरमा आयोजना गरिएको कार्यक्रमको बारेमा आफुलाई कुनै पनि जानकारी नभएको बताए ।कार्यक्रममा स्थानिय जनप्रतिनिधि देखि लिएर प्रदेश सभा सदस्य देखि प्रतिनिधि सभा सदस्य लगायतका नेताको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न