गृहपृष्ठ ∕ समाचार ∕ ‘योगदान राष्ट्रका लागि’ को आयोजनामा अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस कार्यक्रम सम्पन्न ‘योगदान राष्ट्रका लागि’ को आयोजनामा अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस कार्यक्रम सम्पन्न अंकित रावल भदौ २७, २०७७ गते २१:४२ मा प्रकाशित दाङ — ‘योगदान राष्ट्रका लागि’ अभियानले विशेष कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस कार्यक्रम सम्पन्न गरेको छ। शनिबार दिउँसो ४ बजे राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको साथमा ‘जुम बैठक’ विशेष छलफल कार्यक्रम गरी कार्यक्रम मनाइएको ‘योगदान राष्ट्रका लागि’ दाङ जिल्ला संयोजक प्रभात देबकोटाले जानकारी दिए ।सामाजिक अभियान्ता उप्रेतीका अनुसार कार्यक्रमकाे प्रमुख अतिथीका रूपमा अभिनेता निखिल उप्रेती, अभिनेत्री करिश्मा मानन्धर, हाँस्य कलाकार निर्मल शर्मा, जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र समिर र सामाजिक अभियान्ता ओम उप्रेतीको उपस्थिती रहेको थियो ।यस्तै साेही दिन विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट ज्यान गुमाएका मृतकहरुको आत्माको शान्तिको लागि कामना गर्दै, संक्रमितहरूकाे स्वास्थ्य लाभ तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकाे याेगदानकाे उच्च सम्मानमा साँझ आ-आफ्नो घरबाट सि. एफ. एन. दाङ लगाएत देशव्यापी रुपमा नै दिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न गरिएको देबकोटाले दीपसञ्चार मिडियालाई बताए ।‘योगदान राष्ट्रका लागि’ अभियान अन्तर्गत देशका हरेक तहमा प्राथमिक तालिम दिने, दुरदराज जहाँ यातायात समस्या छन्, त्यहाँ पनि पुर्ण तालिम उपलब्ध गराई सामान्यतः बहोस हुने, सर्पले टोक्दा, पानीको डुवानमा कसरी बचाउने लगायतका प्राथमिक उपचारबारे तालिम दिइने गरिन्छ । यस्तै देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने उक्त अभियानकाे मुख्य उद्देश्य रहेको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण ‘योगदान राष्ट्रका लागि’ को फेसबुक पेजबाट गरिएको थियो भने कार्यक्रमम करीब २५० जनाको सहभागीता रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ