गृहपृष्ठ ∕ समाज ∕ आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने मन्त्रालयका उपसचिव पक्राउ आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने मन्त्रालयका उपसचिव पक्राउ दीप संञ्चार जेठ २९, २०७६ गते ४:०९ मा प्रकाशित ललितपुर- प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा एक बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थर भएका एक उपसचिव हुन् ।महोत्तरी घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया (नाम परिवर्तन) रुवीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले विदेशतिर छोरीलाई करणी गर्छन्, नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यस्तो थियो घटनाविगत ३/४ वर्षदेखि यादवले छोरीलाई डरधम्की देखाई करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । १२ कक्षामा अध्ययनरत आरलाई बाबुले संवेदनशील अंगमा हातले छुने गरेको पाइएको छ ।बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् । आमाले पनि उक्त घटना आफ्नै घरभित्रको भन्दै श्रीमानलाई चेतावनी दिँदै लुकाएकी प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।त्यतिबेला आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखेपनि गत जेठ १९ गते भने उनै आमा र ती किशोरीले सो घटना बाहिर ल्याएका हुन् ।प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षककसँग प्रेममा थिइन् । शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको एसएसपी धानुकले पुष्टि गरे ।क्याटेगोरी : समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै