गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएईबाट काठमाडौँ फर्किने हवाइ टिकटमा नै कालोबजारी यूएईबाट काठमाडौँ फर्किने हवाइ टिकटमा नै कालोबजारी जीएनएन भदौ २२, २०७७ गते २०:३४ मा प्रकाशित यूएई — संयुक्त अरब इमिरेट्स (यूएई) बाट काठमाडौँका लागि तोकेको नियमित उडानको भाडादरमा टिकट नपाएको भन्दै यूएईबाट स्वदेश फर्कन लागेका नेपालीहरुले गुनासो गरेका छन् । यसअघि सरकारले चार्टर उडानको भाडादर १४५० दिराम तोकेको थियो । अहिले नियमित उडानमा सहजरुपमा टिकट पाउन छाडेपनि महँगो शुल्क तिर्दा जति पनि टिकट पाइने गरेको एक नेपालीले बताएका छन् ।उनीहरुका अनुसार ट्राभल एजेन्सीमा गएर बुझ्दा सस्तोमा २२ सय देखि ३५ सय दिरामसम्म टिकटको मुल्य रहेको एजेन्सीहरुले बताउने गरेका छन् । त्यो पनि ट्राभलमा टिकट नपाइने तर, यूएईको नेपाली होटल, किराना पसल तथा कार्गाे अफिसमा जति पनि टिकट पाउने गरेको त्यहाँबाट स्वदेश फर्कन टिकटको खोजीमा भौतारिरहेका नेपालीहरु बताउँछन् । नेपाल सरकारले नियमित उडान खुलेको भनेर जनताको आँखामा छारो मात्र हालेको छैन पुरै भ्रममा पारेको भन्दै प्रबासी नेपालीहरुले आक्रोश पोखेका छन् ।नियमित उडान भएका मुलुकहरुबाट कोभिड १९ परीक्षण नेगेटिभ प्रमाण भएका यात्रु सिधै घर जान मिल्ने गरि शर्त राखेपनि सरकारले किन क्वारेन्टाइनको अभाव देखाएर ८ सय जना मात्र आउन मिल्ने भन्दै रोक्यो भनी प्रश्न गरेका छन् । सरकारले कमिसनको खेलमा एकातिर केही फ्लाइटलाई मात्रै अनुमति दिने र अर्का तिर कोटा संख्या तोकेर जनतालाई अझै थप समस्यामा पारेकोमा प्रबासी नेपालीहरु आक्रोशित भएका छन् । यूएईको दुबईस्थित भोल्ट्रासन, ट्रान्सगार्ड , इमिरेट्स लगायत विभिन्न ठूला कम्पनीहरुले आफ्नै खर्चमा सबैलाई कोरोना परीक्षण गरि नेपाल पठाउन तयार भए पनि ट्राभलहरु बाट टिकट लिदा अत्यन्तै महँगो पर्ने अनि भने जति टिकट पनि नपाउने एनआरएनए यूएईले जनाएको छ । त्यस्तै महँगैमा कम्पनीले चार्टर गरेर पठाउन तयारी गरे पनि नेपाल सरकारको ८ सय जना मात्र आउन पाउने नियमले चार्टर अनुमति नपाएर कम्पनी भित्रै थप नेपाली श्रमिकहरु अलपत्र पर्न थालेको जनाएको छ ।यूएईमा भिसा सकिएको , भिसा क्यान्सिल भएकाहरुको जरिवाना लाग्न सुरु भइसकेकाले अझै थप समस्या हुन थालेको उनीहरुले बताएका छन् । यसघि पनि जरिवाना तिर्न नसकेर १७ नेपाली स्वदेश फर्कन सकेका थिएनन् । यूएईस्थित नेपाली दूतावासका अनुसार हालसम्म दूतावासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ४५ हजार भन्दा बढी रहेको छ । अहिले करिब १७ हजार नेपाली नेपाल फर्किसकेका छन । साउदीस्थित नेपाली दूतावास रियादमा नाम रजिस्टर गरि स्वदेश फर्कन प्रतिक्षारत नेपालीहरु धेरै भएको हुनाले टिकट लिन आउनेको भिड कन्ट्रोल गर्न हम्मेहम्मे परेको त्यहाँस्थित नेपाल एयरलाइन्सको कार्यालयले जनाएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजानेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने