गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ क्यालिफोर्नियामा भिषण आगलागी, २ सयलाई हेलिकप्टरबाट उद्धार क्यालिफोर्नियामा भिषण आगलागी, २ सयलाई हेलिकप्टरबाट उद्धार दीप संञ्चार भदौ २२, २०७७ गते २०:२२ मा प्रकाशित क्यालिफोर्निया — क्यालिफोर्नियामा लागेको भिषण आगलागीको कारण २ सय जना भन्दा ज्यादालाई उदग्रविमान(हेलिकप्टर)बाट उद्धार गरिएको छ । क्यालिफोर्नियाको सियरा राष्ट्रिय वन को लोकप्रिय शिविर स्थल क्षेत्रमा द्रुत गतिले चलेको जंगली आगोमा फसे पछि आइतवारको बिहान २०० भन्दा बढी व्यक्तिलाई सुरक्षाको लागि उदग्रविमानबाट ओसारिएको छ ।तापक्रम अत्यधिक बढेको कारण थुप्रै आगलागीहरू भएका छन् र उक्त क्षेत्र पनि चपेटामा परेको हो । क्यालिफोर्निया कार्यालयको आपतकालीन सेवाहरूले ब्ल्याक हक र चिनूक उदग्रविमान(हेलिकप्टर)हरू उद्धारका लागि प्रयोग गरिएका थिए । शनिबार साँझबाट उद्धार शुरू भएको थियो र रातभर जारी राखिएको थियो ।कम्तिमा दुई व्यक्ति गम्भीर घाइते भएका छन् भने १० जना भन्दा अधिकलाई मध्यम खालको चोटपटक लागेको छ । क्रीक फायर नामको जंगली आगो गत शुक्रबार शुरु भएको थियो भने शनिबार दिउँसो सम्म ५६वर्ग मील (१४५ वर्ग किलोमिटर) मा फैलिएको छ ।उत्तर क्यालिफोर्नियाबाट करिव २९० किमि दूरीमा रहेको क्षेत्रमा रहेका कम्तिमा २ हजार संरचनाहरु खतरामा परेका छन । जहाँको तापक्रम ११७ डिग्री (अर्थात् ४७ सेल्सियस ) पुगेको छ । – सीएनएनक्याटेगोरी : ग्लोबल, अमेरिका, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ