गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ क्यालिफोर्नियामा भिषण आगलागी, २ सयलाई हेलिकप्टरबाट उद्धार क्यालिफोर्नियामा भिषण आगलागी, २ सयलाई हेलिकप्टरबाट उद्धार दीप संञ्चार भदौ २२, २०७७ गते २०:२२ मा प्रकाशित क्यालिफोर्निया — क्यालिफोर्नियामा लागेको भिषण आगलागीको कारण २ सय जना भन्दा ज्यादालाई उदग्रविमान(हेलिकप्टर)बाट उद्धार गरिएको छ । क्यालिफोर्नियाको सियरा राष्ट्रिय वन को लोकप्रिय शिविर स्थल क्षेत्रमा द्रुत गतिले चलेको जंगली आगोमा फसे पछि आइतवारको बिहान २०० भन्दा बढी व्यक्तिलाई सुरक्षाको लागि उदग्रविमानबाट ओसारिएको छ ।तापक्रम अत्यधिक बढेको कारण थुप्रै आगलागीहरू भएका छन् र उक्त क्षेत्र पनि चपेटामा परेको हो । क्यालिफोर्निया कार्यालयको आपतकालीन सेवाहरूले ब्ल्याक हक र चिनूक उदग्रविमान(हेलिकप्टर)हरू उद्धारका लागि प्रयोग गरिएका थिए । शनिबार साँझबाट उद्धार शुरू भएको थियो र रातभर जारी राखिएको थियो ।कम्तिमा दुई व्यक्ति गम्भीर घाइते भएका छन् भने १० जना भन्दा अधिकलाई मध्यम खालको चोटपटक लागेको छ । क्रीक फायर नामको जंगली आगो गत शुक्रबार शुरु भएको थियो भने शनिबार दिउँसो सम्म ५६वर्ग मील (१४५ वर्ग किलोमिटर) मा फैलिएको छ ।उत्तर क्यालिफोर्नियाबाट करिव २९० किमि दूरीमा रहेको क्षेत्रमा रहेका कम्तिमा २ हजार संरचनाहरु खतरामा परेका छन । जहाँको तापक्रम ११७ डिग्री (अर्थात् ४७ सेल्सियस ) पुगेको छ । – सीएनएनक्याटेगोरी : ग्लोबल, अमेरिका, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजानेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने