गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतबाट ह्विलचेयरमै फर्किए प्रमोद सदाई कुवेतबाट ह्विलचेयरमै फर्किए प्रमोद सदाई जीएनएन भदौ २०, २०७७ गते २१:२० मा प्रकाशित कुवेत -कुवेतमा करिब २ बर्ष अघि सकुशल काम गर्न आएका सर्लाही, भगवानपुर-४ का प्रमोद कुमार सदाई पुरै ढाड भाच्चिएर र दुई वटै खुट्टा राम्रो संग नचल्ने अबस्थामा ह्विलचेयरमा घर फर्किएका छन।उनलाई नेपाली राजदूतावास कुवेतले कम्पनी र परिवारसंग समन्वय गराएर आज सेप्टेम्बर ०५,२०२० को जजिरा एयरको उडान मार्फत स्वदेश फर्काइएको हो।प्रमोदलाई लुम्बिनी समाज कुवेतका पूर्ब अध्यक्ष रुपेन्द्र बिक्रम हमालले दुताबासमै गएर ब्यक्तिगत रुपमा ०४ सेप्टेम्बर,२०२० बेलुकि ह्विलचेयर सहयोग गरेका थिए।मेई ०९,२०२०का दिन नचिनेको मान्छेले कम्पनिको आबासको चौथो तल्लाको झ्यालबाट फालिदिए पछि प्रमोदलाइ कुवेत प्रहरीले कुवेतको आदान अस्पतालमा भर्ना गरेको अस्पतालको रेकर्डमा देखिन्छ।उनको ढाडको मेरुदण्ड पुरै भाच्चिएको र त्यसकै कारणले आधा प्यारलाइसिस भएको डाक्टरको भनाइ छ।उनको उपचारमा संलग्न डाक्टरले भने”अस्पताल ल्याउदा बेहोस अबस्थामा रहेका प्रमोदको स्वास्थ्यमा हामिले सके सम्म उपचार गरिरहेका छौ।उनको ढाडको सल्यकृया सफल भयो तर ढाडको मेरुदण्ड भाच्चिएकै कारण खुट्टाहरु राम्रो चल्दैन अब उनलाइ नेपाल पुर्याएर थेरापी गर्दा क्रमिक सुधार आउँछ भन्ने हाम्रो अनुमान छ।”प्रमोद सदा घटनाको बारे आफू अनभिज्ञ रहेको बताउदै भन्छन” म रातिको १/२ बजे झ्याल खोलेर मोबाइल चलाएर उभिएको थिए।धेरै जना कम्पनिको क्याम्पको एउटै फ्लायाटमा सुत्ने भएकोले ढोका बन्द गर्ने गरिएको थिएन।मास्क लगाएको मान्छे आएर मलाई एक्कासि झ्यालबाट फालिदिएको मात्र थाहा छ, त्यस पछि के भयो मलाई केही थाहा छैन।”उनी थप्छन”अस्पताल ल्याएको करिब एक महिना पछि होस आउदा आफुलाई यस्तो अबस्थामा पाएँ।म संग कसैको दुस्मनी थिएन तर खोइ म गरिबलाई पीडा माथी पीडा थपियो।”उनले गम्भीर हुँदै भने श्रीमति, ३ जना बच्चाहरु, बुबा-आमा लगाएको हेरचाहा गर्ने म आफै यस्तो अबस्थामा फर्किदै छु।सम्पतीको नाममा बस्ने घडेरी सम्म छैन, कसरी गुजारा चलाउने होला।”यता निरन्तरको प्रयासका कारण कम्पनि र परिवार संग समन्वय गरेर प्रमोदलाई चार महिना अस्पताल राखेर उपचार गरि घर पठाउन सफल भएको नेपाली राजदूताबासले जनाएको छ।दूताबासका अनुसार कम्पनिलेनै घर सम्म जाने टिकट र उपचार खर्च ब्यहोरोको छ।नेपाल पुग्दा सम्म दुई जना नेपालीहरुले उडान अबधिभर रेखदेख गर्ने र प्रमोदको परिवारका सदस्यहरु एम्बुलेन्स लिएर नेपाल एयरपोर्टमा लिन आउने ब्यबस्था मिलाइएको छ।नेपालको मुसहर समुदायका प्रमोद कुमार सदाईलाई जस्तो वैदेशिक रोजगारिको क्रममा हुने घटना र दुर्घटनाहरुबाट अंग-भंग हुनेहरुलाई नेपाल सरकारले क्षतिपूर्ति र उपचार तथा आर्थिक सहयोगको ब्यबस्था गरोस र कुनै पनि श्रमिक दाजुभाइ-दिदिबहिनीहरुले यस्तो अबस्थाको सामना गर्न नपरोस।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप