गृहपृष्ठ ∕ समाचार ∕ तुलसीपुरको विपद् आपतकालिन बैठक-तुलसीपुरमा इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी शिल तुलसीपुरको विपद् आपतकालिन बैठक-तुलसीपुरमा इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी शिल दीप संञ्चार भदौ १०, २०७७ गते १९:३४ मा प्रकाशित तुलसीपुर — तुलसीपुरमा समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उपमहानगरपालिकामा आपतकालिन बैठक बसेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको बसेको बैठकले तत्काल कोरोना परिक्षणको दायरा वढाउने निर्णय गरेको छ ।यसका साथै संक्रमण देखिएका कार्यालयहरु पूर्ण रुपमा शिल गर्नका लागि सम्वन्धित निकायसँग पहल गर्ने निर्णय समेत गरिएको छ । “तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना संक्रमण पोजेटिभ आएकाले कम्तीमा पनि ७ दिनसम्म कार्यालय सिल गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा भएको छ ” नगरप्रमुख पाण्डेले भने ।उनले वडा नम्वर ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि उक्त कार्यालय पनि सिल गरिने जानकारी गराए ।यसैविच तुलसीपुर उपमहानगरपालिकाले ठूलो परिमाणमा सामुदायिकस्तरमा कोरोना परिक्षण गरेर के गर्ने भन्ने निर्णय गर्ने नगरप्रमुख पाण्डेले जानकारी दिए । “अहिलेलाई तत्काल कन्ट्याक्ट टे«सिङ्ग र सामुदायिक स्तरमा धेरै संख्यामा परिक्षण गरिनेछ त्यसपछिको नतिजाले के गर्ने भन्ने निर्णय हुनेछ ।” पाण्डेले भने ।उनले समुदायमा कोरोना परिक्षणको तत्काल प्रक्रिया अगाडि वढाइएको उल्लेख गर्दै संक्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा हेरेफेर गरिने वताए । “संक्रमणको सम्भावना भएकाले अत्यावश्यक काम बाहेक बाहिर नआउनका लागि सबै जनतामा अपिल गर्दछु” उनले भने ।जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक घरमै वसिदिन समेत सबैलाई अनुरोध गरिएको छ । वडा कार्यालयदेखि सबै सरकारी कार्यालयहरुमा पनि संवेदनशिलता अपनाउने उनले अनुरोध गरे ।बैठकमा उपप्रमुख माया शर्मा, विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने लगायतको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट