गृहपृष्ठ ∕ समाचार ∕ दुबई विमानस्थलमा अलपत्र यात्रुको लागि आईतवार उडान हुने दुबई विमानस्थलमा अलपत्र यात्रुको लागि आईतवार उडान हुने सुर्य बहादुर खवास भदौ ७, २०७७ गते २०:३९ मा प्रकाशित युएई — युएईबाट चार्टर उडान मार्फत नेपाल फर्कन लागेका नेपालिहरु अन्तिम अवस्थामा उडान रद्द हुँदा दुबई एयरपोर्टमा अलपत्र परेका अन्ततः आईतवार नेपाल फर्कने भएका छन । नेपाल सरकारको अपरिपक्क निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले दुबईबाट काठमाडौँको लागि आईतवारका लागी उडान अनुमति दिएको हो ।गत १८ अगष्टका दिन नेपाल एयरलाइन्सको उडान मार्फत नेपाल फर्कन एयरपोर्ट पुगेका २ सय ६२ जना यात्रु नेपाल सरकारले उडान अनुमती रद्द गर्दा दुबई एयरपोर्टमै बिचल्लीमा परेका थिए । यसरी बिचल्लीमा परेका यात्रुहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको विशेष उडानको लागि सरकारले अनुमति दिएको हो ।आईतवार नेपाल जाने पाउने भएपनी उनीहरुले पुनः कोरोना परीक्षण गर्नुपर्ने भएको छ । यस अघि कोरोना परिक्षण गरेका यात्रुहरुको आरडीटी वा पीसीआर टेस्टको समय अवधि सकिएकाले २ दिन भित्र पुनः आरडीटी पीसीआर टेस्ट गर्नुपर्ने एयरलाइन्सले बताएको छ । कम्पनीबाट बिदा भएर विमानस्थल पुगेकाहरु यात्रुहरु अन्तिम अवस्थामा उडान रद्द हुँदा विमानस्थलमा अलपत्र परेका थिए । न त उनिहरु फर्किएर कम्पनी नै जान सक्थे नत उनिहरु सँग खानकोलागी प्रयाप्त पैसा नै थियो ।यस्तो अवस्थामा शुरुवाती दिन बाटै राहत जुटदै आएको गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई तथा विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरुले यात्रुहरुलाई खान र बस्नको व्यवस्था गरेका थिए । कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले अन्तिम समयमा सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान भने नेपाल फर्कन तयार रहेका यात्रुहरुलाई दुबईमा नै छाडेर रित्तै फर्किएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने