गृहपृष्ठ ∕ समाचार ∕ दाङमा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण दाङमा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण दीप संञ्चार भदौ ८, २०७७ गते १९:०९ मा प्रकाशित दाङ — दाङमा एकै परिवारका ८ जनासहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका- ४ का एकै परिवारका ८ जनासहित ९ जना, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का १ जनामा कारोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए।संक्रमित हुनेमा ५ वर्षीय बालकदेखि ४२ वर्ष उमेर समुहका रहेका छन्। शान्तिनगरका संक्रमित सबै जना भदौ २ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको उनले बताए। संक्रमित ११ जनालाई अहिले बेलझुण्डीको कोरोना विषेश अस्पताल लैजाने उनको भनाई छ।क्वारेन्टाइनमा बसेका ४० जनाको स्वाब परीक्षण गर्दा ११ जना नयाँ संक्रमित भेटिएका हुन्। शान्तिनगरमा अहिले १२ जना सक्रिय संक्रमित रहेका छन्। आज थपिएका ११ जनासंगै कुल संक्रमितको संख्या ३५ पुगेको छ। यद्यपी २ जनाको जिल्ला बाहिर संक्रमण पुष्टि भएको संयोजक पुनले जानकारी दिए।यस्तै लक्ष्मी बैंक घोराही शाखाको एक्सटेन्सन काउण्टरमा कार्यरत तीन जनामा संक्रमण पुष्टि भएको छ। काउण्टरमा कायरत घोराही–१४ र १५ का तीन जनामा संक्रमण पुष्टि भएको हो।संक्रमितहरुमा केहि दिनदेखि कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गरिएकोमा तीनै जनामा संक्रमण पुष्टि भएको हो । उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैकका घोराही शाखा म्यानेजर पदमकुमार केसीले जानकारी दिए। कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखिएपछि आशंकामा स्वाब परीक्षण गरिएको उनले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप