गृहपृष्ठ ∕ समाचार ∕ दाङमा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण दाङमा एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण दीप संञ्चार भदौ ८, २०७७ गते १९:०९ मा प्रकाशित दाङ — दाङमा एकै परिवारका ८ जनासहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका- ४ का एकै परिवारका ८ जनासहित ९ जना, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का १ जनामा कारोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए।संक्रमित हुनेमा ५ वर्षीय बालकदेखि ४२ वर्ष उमेर समुहका रहेका छन्। शान्तिनगरका संक्रमित सबै जना भदौ २ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको उनले बताए। संक्रमित ११ जनालाई अहिले बेलझुण्डीको कोरोना विषेश अस्पताल लैजाने उनको भनाई छ।क्वारेन्टाइनमा बसेका ४० जनाको स्वाब परीक्षण गर्दा ११ जना नयाँ संक्रमित भेटिएका हुन्। शान्तिनगरमा अहिले १२ जना सक्रिय संक्रमित रहेका छन्। आज थपिएका ११ जनासंगै कुल संक्रमितको संख्या ३५ पुगेको छ। यद्यपी २ जनाको जिल्ला बाहिर संक्रमण पुष्टि भएको संयोजक पुनले जानकारी दिए।यस्तै लक्ष्मी बैंक घोराही शाखाको एक्सटेन्सन काउण्टरमा कार्यरत तीन जनामा संक्रमण पुष्टि भएको छ। काउण्टरमा कायरत घोराही–१४ र १५ का तीन जनामा संक्रमण पुष्टि भएको हो।संक्रमितहरुमा केहि दिनदेखि कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गरिएकोमा तीनै जनामा संक्रमण पुष्टि भएको हो । उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैकका घोराही शाखा म्यानेजर पदमकुमार केसीले जानकारी दिए। कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखिएपछि आशंकामा स्वाब परीक्षण गरिएको उनले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट