गृहपृष्ठ ∕ समाचार ∕ रुपन्देहीको एसबिआई बैंकका १२ जना कर्मचारीमा कोरोना पुष्टि रुपन्देहीको एसबिआई बैंकका १२ जना कर्मचारीमा कोरोना पुष्टि दीप संञ्चार साउन ३१, २०७७ गते १९:२१ मा प्रकाशित रुपन्देही — रुपन्देहीको भैरहवामा रहेको एसबिआई बैंकका १२ जना कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ।रुपन्देहीमा शनिबार थप भएका १७ जना कोरोना भाइरसका संक्रमितमध्ये १२ जना बैंकका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले एउटै कार्यालयमा यति धेरै संख्याका संक्रमित भेटिएको रुपन्देहीमा पहिलो घटना भएको बताए।शाहले शनिबार भैरहवामा १४ जना संक्रमित थप भएको र २ जना सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बेलहियाका रहेका छन्।यसअघि साउन २६ गते सिद्धार्थनगर क्षेत्रमा संकलन गरिएको २ सय ३५ जनाको स्वाब परीक्षण गर्दा एसबिआइ बैंकका एक जना कर्मचारीमा मात्र संक्रमण पुष्टि भएको थियो।तिनै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्दा बैंकका थप १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको शाहले बताए।कर्मचारीमा संक्रमण देखिएपछि बैंक रोड भैरहवामा रहेको एसबिआई बैंकको शाखा कार्यालय बन्द गरिएको छ।यस्तै, शनिबार बुटवल उपमहानगर क्षेत्रमा तीन जना संक्रमित थपिएका छन्।शाहका अनुसार बुटवल ११ देवीनगरका २ जना छन् भने एक जनाको भने वडा नम्बर खुलेको छैन।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति