तुलसीपुरमा आज ९ जनामा कोरोना संक्रमित पुष्टि
दाङ — तुलसीपुरमा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । भारत बाट आई क्वारेन्टाइनमा बसेका १५२ जनाको स्वाब परिक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।
जसमा २ जना महिला वर्ष ३४ र २८ वर्षका र पुरुषहरु ४६,२२,३१,३३,३५,१७,१७ बर्षका ७ जना छन।संक्रमित सवै क्वारेन्टाइनमा वसेका व्यक्तिहरु हुन ।
संक्रमित हरु वडा नम्बर १ का १ जना , वडा नम्बर ४ का १ जना ,वडा नम्वर ५ का २ जना ,वडा नम्बर ८ का १ जना, वडा नम्बर ९ का १ जना , वडा नम्बर१४ का १ जना रहेका छन। संक्रमित हुनेहरुमा ५ जना भारतवाट आएका र ४ जना तेस्रो मुलुक वाट आयका व्यक्तिहरु रहेका केसीले बताउनुभयो ।
यी सबैको २८ गते स्वाव संकलन गरिएको थियो। उक्त दिन कन्ट्याक्ट ट्रेसिंग र समुदाय स्तरमा तथा होम क्वारेन्टाइनमा वसेका व्यक्तिहरुको स्वाव संकलनको भने सवैको नेगेटिभ आएको छ।
१५२ जनाको स्वावको परिक्षण को नतिजामा १४३ जनाको भने नेगेटिभ आएको हो । दाङमा क्वारेन्टाइनमा पुरुष १६६ र महिला ४४ जना भर्ना भएका छन । आईसोलेसनमा पुरुष ५० र महिला २ जना गरि ५२ जनाको उपचार भई रहेको छ ।
दाङमा आज शनिबार सम्म ७ सय जना सक्रमित भएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस