गृहपृष्ठ ∕ समाचार ∕ रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउँछौं : प्रधानमन्त्री ओली रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउँछौं : प्रधानमन्त्री ओली दीप संञ्चार साउन ३१, २०७७ गते १०:३२ मा प्रकाशित काठमाडौं — विश्वमा कोरोना महामारी हुनुभन्दा पहिला नेपालबाट दैनिक १ हजारभन्दा बढि युवाहरु रोजगारीका लागि विदेशीने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। देशमा उचित रोजगारीको अवसर नपाएकाले युवाहरु विदेशीन बाध्य भएका हुन्।तर,अब त्यस्तो बाध्यता नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार आयोजित विशेष कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही वर्षभित्रै रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।उनले रोजगारीकै लागि विदेश जानुपर्ने स्थिति अन्त्ये गर्नेगरी सरकारले रणनीति बनाएको बताएका छन्।प्रधानमन्त्री ओली तीन करोड जनसंख्या भएको देशका २६ लाख युवा बाहिर हुनु खुसीको कुरा नभएको बताए। ‘देश निर्माण गर्नुपर्ने मुख्य शक्ति नै देश बाहिर जानु अवश्य नै खुसीको कुरा होइन’, उनले भने,‘त्यसैले हामीले यस दिशामा ठोस प्रयासहरु अगाडि बढाएका छौं।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल