गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ साउदीमा शुक्रबार थपिए १ हजार ३८३ कोरोना संक्रमित,२५ सय बढी निको साउदीमा शुक्रबार थपिए १ हजार ३८३ कोरोना संक्रमित,२५ सय बढी निको कुल कोरोना निको हुनेको संख्या दुई लाख ५३ हजार नाघ्यो जीएनएन साउन ३१, २०७७ गते ८:१७ मा प्रकाशित साउदी अरेबिया — साउदी अरेबियामा कोरोना भाइरस संक्रमित घट्ने क्रमजारी छ । त्यसै क्रममा शुक्रबार १ हजार ३८३ जना नयाँ संक्रमित थपिएका छन् ।साउदीभर उक्त संख्यामा कोरोना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।प्रवक्ता डा.अब्दुलीका अनुसार साउदीमा कोरोना भाइरस कुल संक्रमित दुई लाख ९५ हजार ९०२ पुगेका छन् । कुल तीमध्ये २९ हजार ६०५ जना संक्रमितहरु यहाँको विभिन्न अस्पतालहरुमा उपचार भइरहेकै प्रवक्ता डा.अब्दुलीले बताए ।त्यसैगरी शुक्रबार साउदीभर कोरोना भाइरसको उपचार गरिरहेका २ हजार ५६६ जना उपचारपछि निको भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म कोरोना भाइरस कुल संक्रमित दुई लाख ६३ हजार ९५९ जना पुगेका छन् ।शुक्रबार यहाँ कोरोना भाइरसको उपचाररत ३५ जनाको मृत्यु भएको प्रवक्ता डा.अब्दुलीले बताए । उनकाअनुसार साउदीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३३८ पुगेका छन् ।आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा कोरोना भाइरसको उपचारपछि निको हुने १ हजार १८३ जना बढी छन् । यहाँ दुई हप्ता अघिदेखि कोरोना निको हुनेको संख्यामा वृद्धि आइरहेको प्रवक्ता डा.अब्दुलीको भनाइ छ ।यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरेका छन ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजानेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने