गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ साउदीमा शुक्रबार थपिए १ हजार ३८३ कोरोना संक्रमित,२५ सय बढी निको साउदीमा शुक्रबार थपिए १ हजार ३८३ कोरोना संक्रमित,२५ सय बढी निको कुल कोरोना निको हुनेको संख्या दुई लाख ५३ हजार नाघ्यो जीएनएन साउन ३१, २०७७ गते ८:१७ मा प्रकाशित साउदी अरेबिया — साउदी अरेबियामा कोरोना भाइरस संक्रमित घट्ने क्रमजारी छ । त्यसै क्रममा शुक्रबार १ हजार ३८३ जना नयाँ संक्रमित थपिएका छन् ।साउदीभर उक्त संख्यामा कोरोना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।प्रवक्ता डा.अब्दुलीका अनुसार साउदीमा कोरोना भाइरस कुल संक्रमित दुई लाख ९५ हजार ९०२ पुगेका छन् । कुल तीमध्ये २९ हजार ६०५ जना संक्रमितहरु यहाँको विभिन्न अस्पतालहरुमा उपचार भइरहेकै प्रवक्ता डा.अब्दुलीले बताए ।त्यसैगरी शुक्रबार साउदीभर कोरोना भाइरसको उपचार गरिरहेका २ हजार ५६६ जना उपचारपछि निको भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म कोरोना भाइरस कुल संक्रमित दुई लाख ६३ हजार ९५९ जना पुगेका छन् ।शुक्रबार यहाँ कोरोना भाइरसको उपचाररत ३५ जनाको मृत्यु भएको प्रवक्ता डा.अब्दुलीले बताए । उनकाअनुसार साउदीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३३८ पुगेका छन् ।आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा कोरोना भाइरसको उपचारपछि निको हुने १ हजार १८३ जना बढी छन् । यहाँ दुई हप्ता अघिदेखि कोरोना निको हुनेको संख्यामा वृद्धि आइरहेको प्रवक्ता डा.अब्दुलीको भनाइ छ ।यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरेका छन ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप