गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घन्टामा अफगानिस्तानमा भएको हिंसामा परी ४४ जनाको ज्यान गयो,अधिकांश मारिनेमा तालिबानहरु पछिल्लो २४ घन्टामा अफगानिस्तानमा भएको हिंसामा परी ४४ जनाको ज्यान गयो,अधिकांश मारिनेमा तालिबानहरु एजेन्सी साउन २९, २०७७ गते ८:३२ मा प्रकाशित अफगानिस्तान — अफगानिस्तानमा गएको २४ घन्टायता भएको हिंसामा परी कम्तीमा पनि ४४ जनाको ज्यान गएको छ।यता सरकारले थुनामा रहेका तालिबानहरुलाई रिहा गरिरहेका बेला पनि देशमा यस्ता हिंसात्मक गतिविधिहरु जारी नै रहेका छन्।प्राप्त समाचारअनुसार यसरी मारिनेमा अधिकांश तालिबानहरु नै रहेका छन्।त्यस्तै केही स्थानमा सरकारी सुरक्षाकर्मी पनि मारिएका बताइएको छ।अफगानिस्तानको सरकारले गएको आइतबारदेखि तीन दिनसम्म आफ्नो थुनामा रहेका कैँदीहरु रिहा गर्ने कार्यक्रम राखेको थियो।आइतबारदेखि तीन दिनसम्म जारी राखिएका ती समारोहहरुमा कम्तीमा पनि ४०० जना तालिबान लडाकूहरुलाई सरकारले आफ्नो थुनाबाट मुक्त गरिदिएको छ।यहाँका सञ्चारमाध्यमहरुले भने सरकारले तालिबानहरुलाई रिहा गरिरहेको समयमा पनि उनीहरुका हिंसात्मक हमलाहरु नरोकिएको बताएका हुन्।अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तको मुकर जिल्लामा भएका आक्रमणहरुमा कम्तीमा पनि २३ जनाको ज्यान गएको छ।त्यस्तै नान्गाहारमा पनि तालिबानले गरेको आक्रमणमा परी कम्तीमा पनि छ जना अफगानिस्तानका सुरक्षाकर्मीसहित केहीको ज्यान गएको छ।उता कुन्दुज प्रान्तमा भने उनीहरुले आफैले विस्फोट गराएको बम लागेर १० जना भन्दा बढी तालिबानको ज्यान गएको बताइएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप